नोभा दही “बिग तीज, बिग धमाका” गेम जित्नेलाई सुनको गहना

पोखरा न्युज –

हरेक चाडपर्व होस् या नयाँ वर्ष । जहिल्यै रेडियो ईभेन्टमार्फत स्रोतासँग नजिकिने पोखराको बिग एफएम १०१.२ ले अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीजको अवसरमा ‘बिग तीज बिग धमाका’ रेडियो गेम शो सञ्चालन गर्ने भएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले नोभा दहीसँगको सहकार्यमा रेडियो गेम शो संचालन गरेको हो । मंगलबारदेखि सञ्चालन हुने रेडियो गेम शो विहीबार अर्थात् भदौ ८ गतेसम्म चल्नेछ ।

एफएमले दिएको जानकारी अनुसार नोभा दही बिग तीज, बिग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । यसअघि एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा यसपटक देखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै फेसबुक कमेन्ट समावेश गरेको हो ।

रेडियो गेम शो अन्तरगत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । रेडियोमा विभिन्न समयमा सो प्रश्न बज्नेछन् र सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएसमार्फत दिनुपर्नेछ । यस्तै रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको प्रश्नमुनी कमेन्ट मार्फत सही उत्तर लेख्नुपर्नेछ ।

एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी वा सी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए ।

नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रालि. का मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए । नोभा ब्राण्डका दुधदहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए ।

नोभा दही बिग तीज, बिग धमाकाका हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button