सुनसरीमा राहत वितरणमा विभेद गरेको गुनासो

पोखरा न्युज –

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उहाँले राहत पाउनुभएन ।

कारण थियो, उहाँले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उहाँ बताउनुभयो ।

उहाँकै कुरामा थप्नुहुन्छ स्थानीय भनमन्ता राम उहाँको दुखेसो पनि उस्तै छ । उहाँले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाउनु भएन ।

यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुनुहन्छ । उहाँहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।

एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताउनुभयो ।

वडामा नेकपा ९एमाले० विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउनुहुन्छ । यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्नुहुन्छ ।

आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उहाँले बताउनुभएको छ । आफूले राहतमा कुनै राजनीति नगरेको उहाँले बताउनुभयो । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उहाँले प्रतिक्रिया दिनुभएको छ ।

तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय । आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोख्नुभयो ।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए । त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नु पर्ने आवश्यकता देखिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button