पोखराको सेन्ट मेरिज स्कुलद्वारा १० लाखको राहत वितरण

पोखरा न्युज –

पोखरा स्थित सेन्ट मेरिज माबीले तराइका बाढी पिडितलाई राहत वितरण गरेको छ । साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण तराइमा भएको बाढीले धेरै जन धन क्षती भएको थियो । सेन्ट मेरिजले सप्तरीको राजविराज १५ देउरी भरुवाका पिडितलाई राहत वितरण गरेको राहत वितरणमा संलग्न शिक्षकले जानकारी दिएका छन ।

विद्यालयका शिक्षक जीत बहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्याम चन्द्र अगान्जा, सुमन अधिकारी र विक्रम थापा राहत सहित बाढी पिडित लाइ राहत लिएर राजबिराज पुगेका थिए । राहत वितरणमा संलग्न शिक्षक श्याम चन्द्र अगान्जाका अनुसार उनीहरुले विद्यालयको तर्फबाट १० लाख बराबरको नगद तथा जिन्सी सामाग्री वितरण गरेको बताए ।

विद्यालयले २ सय १५ जना बाढी पिडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ता कपडा वितरण गरेको जनाएको छ । शिक्षक श्याम चन्द्र अगान्जाका अनुसार विद्यालयले प्रति परिवार चामल २५ केजी, दाल ५ केजी, खाने तेल २ लि., एक थान कसौडी, दुइ थान थाल, एक थान वाल्टी-मग, त्रिपाल वितरण गरेको थियो । साथै मृतक डोमी यादवको परीवारलाई नगद ५ हजार कृया खर्चका लागि सहयोग गरेको अगान्जाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button