पोखरामा शुक्रबारदेखि अन्तरविद्यालय छात्र-छात्रा व्याडमिन्टन प्रतियोगिता हुने

पोखरा न्युज –

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा शुक्रबारदेखि अन्तरविद्यालय छात्र-छात्रा व्याडमिन्टन प्रतियोगिता हुदैंछ ।

प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ । भदौ ९ देखि १२ गतेसम्म इन्द्रबहादुर गुरुङ स्मृति १६ औं अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा १६ विद्यालयका दुईसय ६० जना छात्र-छात्राले प्रतिस्पर्धा गर्ने छन् । सिनियर र जुनियर एवं डबल्स तर्फको तीन इभेण्टमा प्रतिस्पर्धा हुने संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक निरबहादुर थापाले जानकारी दिए ।

विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने लक्ष्यलाई आत्मसात गर्दै व्याडमिन्टन संघले वर्षेनी प्रतियोगिता आयोजना गर्दै आएको छ । खेलाडीको सहभागिताले व्याडमिन्टन खेलप्रति विद्यालय र विद्यार्थीको चासो बढ्दै गएको छ । यो वर्ष तीनसय विद्यार्थीले सहभागिता जनाउने विश्वास गरिएको छ ।

१६ औं सस्करणसम्म आईपुग्दा सबैभन्दा पनि टप्सले उपाधि उचालिसकेको छ । संघको तथ्यांक अनुसार टप्स आठपटक च्याम्पियन्स बनेको छ । प्रगति बोर्डिङ स्कुलले तीन पटक च्याम्पियन्स हुनेमा आफनो नाम लेखाएको छ । त्यसैगरी गण्डकी आवासिय उच्चमावि, ग्लोबल कलेजियट, माउण्ट एभरेष्ट, पोखरा एकेडेमीले पनि उपाधि जितेको इतिहास लेखेका छन् ।

पछिल्लो समय सैनिक आवासिय महाविद्यालय, सेन्ट फ्रान्सिस, कुमुदिनी होम्स, सिदार्थ बोर्डिङ लगायतका विद्यालयले च्याम्पियन्स विद्यालयलाई चुनौति दिदैं आएका छन् । प्रगतिका विधान अधिकारी अघिल्लो तीन संस्करणमा बेष्ट प्लेयर घोषित भएका थिए ।

प्रतियोगिताको लागि प्रगति बोर्डिङ स्कुल, गोर्खा बराह ज्वलर्स र पोखरा लेखनाथ महानगरपालिकाले मुख्य प्रायोजन गरेका छन् । त्यसैगरी टप्स उमावि, कुुमुदिनीहोम्स, सोल्टी वाटर, शिखर इन्सुरेन्स, पोखरा स्टिल फेब्रिकेशन एशोसियसन, हट एण्ड स्पाईस, ई. दिपक बरालले सहप्रायोजन गरेका छन् । त्यस्तैल अनिल मिश्र, शुशिल श्रेष्ठले आर्थिक सहयोाग दिएको संघले जनाएको छ । राष्ट्रिय खेलाडी भुगोल गुरुङ तथा विशाल खड्का, रविन गुरुङ र शुशिल पौडेलले साईकल पुरस्कार प्रायोजन गरेका छन् । विकास गुरुङले भिक्ट्री विनर स्ट्याण्ड, राजकुमार गुरुङले स्कोर बोर्ड, राजेश गुरुङले प्राथमिकता उपचार, राजकुमार घलेले खानेपानी, चित्रबहादुर गुरुङ(हाल हङकङ)ले नेट प्रायोजन गरेका छन् । संघले प्रतियोगिता सफल पार्न ११ सदस्यीय विभिन्न उपसमिति गठन गरेको छ । ३ लाख १५ हजार खर्च हुने अनुमान गरिएको छ ।

कास्की जिल्ला व्याडमिन्टन संघले अहिले भईरहेको इण्डोरहलको दुई वटा कोर्टमा प्रतियोगिता सञ्चालन गर्दैआएको छ । संघले चार कोर्टसहितको अन्तराष्ट्रियस्तरको व्याडमिन्टन इण्डोर हल निर्माण कार्य अगाडि बढाएको छ । राष्ट्रिय खेलकुद परिषदले हलको लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । जुन विनियोजित रकमबाट पहिलो चरणको काम धमाधम भईरहेको छ । संघले आफना सदस्यहरुबाट पनि आर्थिक सहयोग जुटाएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button