भारतीय हिरासतमा रहेका नेपाली मुक्त

पोखरा न्युज –

भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहीबार राति मुक्त हुनुभएको छ ।

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो ।

सिलगढीस्थित भारतीय अदालतबाट उहाँ तारेखमा रिहा भएर बिहिबार राति ९ बजे काँकडभिट्टा आइपुग्नुभएको हो । रिहा भएर स्वदेश आइपुग्नुभएका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिनुभयो ।

आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उहाँले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उहाँको रिहाइ भएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button