पोखराको पृथ्वीचोक स्थित नेपाल बैंक लिको शाखामा आगलागी

पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० वजेतिर आगलागी भएको छ ।

विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका र बारुणयन्त्र समयमै पुगी आगो निभाएकाले आगो अन्यत्र फैलन नपाएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

आगोले बैंकको काउन्टरमा रहेका पाँचवटा कागजका पोकामा क्षति पु¥याएको बताइएको छ । आगोले बैंकको ढिकुटीमा रहेका नोटलाई भने कुनै क्षति नपु¥याएको प्रहरीले जनाएको छ । रासस
–––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button