पोखरामा प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त कार्यक्रम

पोखरा न्युज –

प्रहरी जवान आधारभूत तालीम १०५औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ ।

तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई आजैबाट कार्य क्षेत्रमा खटिएका छन् ।

प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै ११ महिना लामो तालीम सफलतापूर्वक सम्पन्न गरेर कार्यक्षेत्रमा लाग्नुभएका प्रहरी जवानले जोश र जाँगरका साथ देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतम, गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय र समन्वय अधिकृत प्रहरी निरीक्षक जगदीश रेग्मीले बोल्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button