पोखरामा आजदेखि सुरु भएको व्याडमिन्टमा प्रगति, ग्लोबल र ज्योतिकुन्जको उत्कृष्ठ सुरुवात

पोखरा न्युज –

शुक्रबारदेखि शुरुभएको विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रगति बोर्डिङ, ग्लोबल र ज्योतिकुन्जले छात्र तथा छात्रा डबल्स तर्फ उत्कृष्ठ शुरुवात गरेका छन् ।

पोखरा रंगशालामा शुक्रबारदेखि १६ औं जिल्ला स्तरीय अन्तरमावि ईन्द्रबहादुर गुरुङ स्मृति व्याडमिन्टन प्रतियोगितामा डबल्स तर्फ छात्र भिसन बस्नेत र आयुष कुँवर (सैनिक)ले अन्जन र कर्मा सुनाम (एओसएस)लाई १५—४, १५—६ को सेटले पराजित गरेका छन् । त्यस्तै श्रीजल भण्डारी र सुयोग भण्डारी (प्रगति)ले आर्यन र निष्चल गुरुङ (कुमुदिनी)लाई १५—५, १५—९ को सेटले पन्छयो ।

यासिकसन गुरुङ र बरुण गुरुङ (ग्लोबल)ले जीवन सिह र समीर (नेपाली डायनामिक)लाई १५—५, १५—४ सेटमा, रितिक गुरुङ, सपकोण राना (ज्योतिकुन्ज)को जोडीले प्रगतिका आयुष थापा उत्सव कार्कीको जोडीलाई १७—१५, १५—७ सेटमा हराए । त्यसैगरी जीवन श्रेष्ठ र आयुष केसी (प्रगति)को जोडीले सुजल गुरुङ विशाल थापा ज्योतिकुन्जलाई १५—१३, १५—११ पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

डबल्स छात्रा तर्फको प्रतिस्पर्धामा रिष्ता गुरुङ र तनिया गुरुङ (ग्लोबल)ले ग्रिष्म राना र इसिका श्रेष्ठको जोडी (सगरमाथा)लाई १५—९, १५—१२, अस्मिता गुरुङ र आश्चर्य शर्मा ज्योतिकुन्जलेसन्ध्या कडायत र कृति केसी (डायनामिक)लाई १५—८, १५—७को सेटमा पराजित गरेका थिए । कृति पोखरेल र रायना कार्की प्रगतिले सदीक्षा तिमिल्सिना र टिना गिरी (ग्लोबल कलेजियट)लाई १५—११, १५—५को सेटले पराजिति गरेका थिए । समीक्षा गुरुङ र सोफिया गुरुङ (टप्स)ले रिष्ता रेग्मी युक्ति गुरुङ ग्लोबलमाथि १५—३, १५—८ सेट नजिता निकाले ।

यु—१६ छात्रा तर्फको प्रतिस्पर्धामा प्रगतिक शितल केसीले कर्मा योन्जन एसओएसलाई १४—५, १४—२ ले जितेकी छिन् । प्रगतिकै सृष्टि तिलिजा पुनले प्यारामाउण्टकी शोभा कुँवरलाई १५—१३ र १७—१४ को कठिन सेटमा पराजित गरिन् । ग्लोबलकी रिष्ता गुरुङले ज्योतिकुन्जकी मोनिका गुरुङलाई ११—१५, १५—७ र १५—१३ को रोमान्चक सेटमा पराजित गदैै दोस्रो चरणमा पुगिन् । टप्सकी शोफिया गुरुङले शान्ति निकुन्जकी हनि तामाङलाई १५—७, १५—५ को सेटमा पराजित गरिन् ।

यु —१२ छात्रा तर्फको प्रतिस्पर्धामा युक्त तामाङ प्रगतिले यमि गुरुङ टप्सलाईए १५—१३, ८—१५ र १५—१३ को सेटमा पराजित गरिन् । शान्ति निकुन्जकी सिम्रन ढुंगानाले फेवा पब्लिककी दिया गुरुङलाई १५—७, १५—८ को सेटले हराईन् ।

प्रतियोगिताको उदघाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई खेलकुदको शहर बनाउने महानगरपालिकाले अन्तराष्ट्रिय तालिम केन्द्र निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी स्रोत र साधनमा गरीब छैनौं ।’ उनले भने—‘तर विचार र दृष्टिकोणले गरीब हुदाँ खेकलुदको समृद्ध शहर बनाउन सकिएको छैन् ।’

पोखरालाई समृद्ध बनाउन आवश्यक गुरुयोजना तयार पार्ने समय आएको उल्लेख गर्दै मेयर जिसीले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै समृद्ध शहर बनाउन पुर्वाधार निर्माणको लागि आवश्यक पहल गर्ने स्पष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजु, नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य यदु अधिकारी, मुख्य प्रायोजक प्रगति इग्लिस बोर्डिङ स्कुलका प्राचार्य दिनेश श्रेष्ठ, कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ, उपाध्यक्ष रुद्र घले, सचिव दुर्गा जोजिजू तथा सल्लाहकार एवं संयोजक निरबहादुर थापा लगायतले मर्यादित भएर खेल्न आग्रह गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button