बर्दिया–पोखरा सम्पर्क मञ्चमा पौडेल

पोखरा न्युज –

बर्दिया पोखरा सम्पर्क मञ्चको संयोजकमा नयाँ पत्रिका कर्मी दिपक पौडेल चयन भएका छन् । विभिन्न पेशाव्य वसाय र काम विशेषले पोखरा आएर बसेका बर्दियाबासीको भेलाले नौ सदस्यीयतदर्थ समिती चयन गरेको हो । भेलाले सदस्य सचिवमा प्रदिप पौडेल तथा आर्थिक संयोजकमा अस्मिता सापकोटालाई चयन गरेको छ । भेलाले सचिवालय सदस्यहरुमा मनोज अधिकारी, सूर्य सापकोटा, विष्णु देवकोटा, लिला राम तिमिल्सेना, शान्ती त्रिपाठी र मिलन पौडेललाई चयन गरेको छ भेलाले पाँच सदस्यिय सल्लाहकार पनिचयन गरेको छ । सल्लाहकारहरुमा शिव वाँस्तोला, नवराज अधिकारी, कृष्ण आचार्य, ईश्वर देवकोटा र युवराज तिमिल्सेनालाई चयन गरिएको संयोजक दिपक पौडेलले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेज नारायण अधिकारीले राजनीतिक आस्था भन्दा पनि सवैलाई समेटेर अगाडी बढ्न अनुरोध गरे । उनले बर्दियाबाट आएका सबै एक भएर संस्थागत हितमा लागेमा मात्रै देश समृद्धीको बाटोमा लाग्ने धारणा राखे ।

कार्यक्रममा संयोजक चयन पछि संयोजक पोडेलले बर्दियाबाट पोखरा आएर बसेकाहरुलाई कुनै पनि समस्या पर्दा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाए । आपसी भाईचारको सम्वन्धविकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा बर्दियालाई राम्ररी चिनाउन सकिने पनि धारणा राखे । कार्यक्रमको संचालनका साथै कार्यक्रममाथी प्रकाश पार्दै कुनै पार्टी बादल समर्थीत भन्दा पनि सम्पुर्ण बर्दिया समर्थीत भएर काम गर्नका लागि मञ्चको स्थापना गरिएको जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button