पोखरेली पर्यटन व्यवसायीको साथमा चितवनमा राहत वितरण गर्दै मेयर रेणु दाहाल

 

पोखरा न्युज –

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल तथा  पोखराका पर्यटन व्यवसायिहरुले शनिबार तराईका बाढी प्रभावितलाई  राहत वितरण गरेका छन ।

चितवनको सितामाई बस्तीका ४० घर परिवारलाइ व्यवसायिहरुको समुहले ल्याएको राहत सामाग्री  वितरण गर्दै मेयर  दाहालले  भरतपुर महानगरपालिकाको वडा नम्बर २८, २७, १३ मा बढी क्षती भएको बताईन । प्रभावितहरुको राहत र उद्धारमा आफुहरु कटिवद्ध भएर लागेको बताउदै दाहालले राहत कार्यमा संलग्न सबैलाई धन्यबाद ज्ञापन गरिन । ‘विपदको बेला पोखराका पर्यटन व्यवसायिहरुले पोखरा देखि आएर गरेको सहयोग सर्हानिय छ, उनले भनिन ।

 

पोखरा पर्यटन  परिषदको अगुवाइमा संकलित खाद्य सामाग्री, त्रिपाल लगायतका राहत सामाग्रीहरु बोकेर  शुक्रबार तराई क्षेत्रका बाढी प्रभावित क्षेत्रमा  पर्यटन व्यवसायिहरु पुगेका हुन् ।  टोलीले  शुक्रबारनै  भरतपुर  २८ का बाढी प्रभावित २ सय ५० घर परिवारलाई  राहत वितरण गरेको थियो  । व्यवसायिहरुले जितपुरको गोलाघाट, पर्साबजार, वोटेबस्ती, परिवार बस्ती लगायतको बाढी प्रभावितहरुको टोल टोलमा पुगेर राहत  सामाग्रि वितरण गरेका हुन् ।

प्रभावितहरुको आवश्यकताको आधारमा चितवन तथा नवलपरासिका केही भागमा करिब ५ ट्रक राहत सामाग्री वितरण गरिएको परिषदका पुर्व अध्यक्ष एवं प्राकृतिक प्रकोप सहयोग समितिका संयोजक गणेश बहादुर भट्टराईले बताए । समिति मार्फत संकलन भएको राहत सामाग्रि प्रभावितहरुको आवश्यकताको आधारमा  ४ समुह बनाएर शुक्रबार र शनिबार वितरण गरिएको संयोजक भट्टराईले बताए । उनले भने “ तराईमा भएको पिडालाई कम गर्न हामी पहाडीयाहरु पनि एक भएर तराइ वासिसंग दुःख साट्न दाताले दिएको नासो स्थानिय प्रशासन तथा जनप्रतिनिधिहरुसंगको समन्वयमा  वितरण गरेका हौं ।”

दोश्रो चरणमा पुनः अति आवश्यकता ठाँउको खोजि गरी राहत वितरण गर्ने परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए । विभिन्न ठाँउमा आफुहरुले राहत सामाग्रि वितरण गर्दा खाद्य बस्तु पानीको डुवानले गर्दा नष्ट भएकोले खाद्य सामाग्रि अभाव देखिएको उनले बताए । अधिकाशं प्रभावितहरुले दशैं तथा तिहार पर्वसम्मको लागि खाद्य सामाग्रि अभाव भएको गुनासो गरेका छन ।  पर्यटनसंग सम्वद्ध विभिन्न संघ संस्था तथा व्यत्तिहरुबाट हालसम्म करिब २५ लाख संकलन भएको समितिका कोषाध्यक्ष रामचन्द्र शर्माले बताए ।

जितपुरको गोलाघाट, पर्साबजार, वोटेबस्ती, परिवार बस्ती र गंगानगरको सिमलगैरी सितामाई लगायतका बाढी प्रभावितहरुको टोल टोलमा पुगेर उनीहरुको तत्काल आवश्यक रहेको राहत सामाग्रि वितरण गरिएको नाट्टा क्षेत्रिय संघका अध्यक्ष एवं जितपुर रहात वितरण कार्यक्रमका संयोजक डिल्ली प्रसाद गौतमले बताए ।

राहत वितरण कार्यक्रममा वडा नम्बर २८ का वडा अध्यक्ष आस बहादुर कुमालले पोखरा देखि तराइ क्षेत्रका बाढी प्रभावितलाइ राहत लियर आएकोमा परिषदको टिमलाइ धन्यवाद दिदै आफुहरुको बाढीबाट धेरैको खाद्य सामाग्रि नष्ट भएको गुनासो गरे । चितवनको वछ्यौलीमा शनिबार विहान रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङको संयोजकत्वमा राहत सामाग्रि वितरण भएको हो । रत्न नगरपालिका वडा नम्बर ७ को बागमारा, लाचैखाी, बद्रदनी, मालपुर लगायतका ४ सय घर धुरीलाई राहत सामाग्रि वितरण गरीएको गुरुङले बतए । त्यसै गरी रेवान सौराहा, स्वर्गीय हस्त बहादुर भट्टराई, प्रतिष्ठान, एस.भि.एक आईबाट थप २ सय घरलाई लक्ता कपडा राहत समाग्रि वितरण गरिएको रत्न नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लाल बहादुर भट्टले बताए ।

त्यसै गरी पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा नवलपरासिको सुस्ता क्षेत्रमा राहत वितरण गरिएको छ  । त्यस्तै टेसा पोखराका अध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा चितवनको माणि प्याउलीखोला, चेपाङ बस्तीमा राहत सामाग्रि वितरण गरिएको हो । राहत सामाग्रि वितरण कार्यक्रममा ९ जना पत्रकार सहित करिब ३५ जना सहभागि भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button