जापानमा नेपाल फेस्टिबल सुरु

पोखरा न्युज –

अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औ नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ ।

नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो ।

एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र सङ्घका उपाध्यक्ष भवन भट्टले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

फेस्टिबलमा नेपालका मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिकरुपमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

मेला अवलोकनका लागि आएका अधिकांश नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकामा रमाएका थिए ।

फेस्टिबलमा राखिएका नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्ति आकर्षक बनेका छन् । फेस्टिबलमा कला सस्ंकृति , पर्यटकीयस्थलको जानकारी, नेपाल चिनाउने पथ प्रदर्शनमार्ग, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहेको आयोजक समितिका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button