बाढीबाट दुई हजार रोपनी खेतको धान नष्ट

पोखरा न्युज –

गए राति परेको अविरल वर्षापछि आएको बाढीबाट नुवाकोटको पूर्वी क्षेत्रमा हजारौ रोपनी खेतको धान नष्ट भएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नं २ सिक्रेको कुडुले खोलामा आएको बाढीले छबिसे फाँट र आठबिसे फाँटमा लगाइएको धान नष्ट गरेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो ।

खोलाले मानवीय क्षति तथा घरमा क्षति नपुरयाए पनि दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली बगाएको र यसबाट किसानले लाखौंँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताइएको छ । बाढीले धानखेत नै बगाएका कारण किसानले बगर भएको खेतलाई खेतीयोग्य रुपमा बनाउन पनि लाखौंँ खर्च गर्नुपर्ने भएको वडाध्यक्ष मिश्रको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button