विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको च्याम्पियन प्रगति बोर्डिङ

पोखरा न्युज – 

प्रगति बोर्डिङ स्कुल १६ औं इन्द्रबहादुर गुरुङ स्मृति अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । १६ औं सस्करणसम्म आईपुग्दा प्रगति भने चौथो पटक च्याम्पियन बनेको हो ।

कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टप्स बोर्डिङ स्कुलको बर्चस्व कायम गर्दै आएको थियो । यो वर्ष भने प्रगतिले तोडिदिएको छ ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा सम्पन्न छ इभेण्ट मध्ये प्रगतिले यु—१२ ब्वाईज, यु—१२ गल्र्स, सिनियर ब्वाईज, सिनियर ब्वाईज डबल्स गरी चार इभेण्टमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । टप्सले भने सिनियर गल्र्स, सिनियर गल्र्स डबल्स तर्फ स्वर्ण पदक जित्दै उपविजेतामा चिक्त बुझायो ।

सोमबार भएको यु —१२ गल्र्स सिंगल फाईनलमा प्रगतिकी निरजरा खड्काले टप्सकी सोफिया गुरुङलाई २१—१२, २१—१५ को सेटमा पराजित गर्दै उपाधि जितिन् । त्यसैगरी यु—१२ ब्वाईज सिंगल तर्फको प्रतिस्पर्धामा प्रगतिका शसांक अधिकारीले सैनिक आवासियकका गिर्वाण थापालाई २१—३, २१—५ को सेटले पराजित गरेका थिए ।

सिनियर गल्र्स सिंगल तर्फको प्रतिस्पर्धामा टप्सीकी प्रजिता गुरुङले प्रगतिकी शितल केसीलाई २१—११, २१—१२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितिन् । सिनियर ब्वाईज फाईनलमा प्रगतिका विधान अधिकारीले प्रगतिकै शीर्षक अधिकारीलाई २१—५, २१—९ को सेटले पराजित गर्दै उपाधि उचाले ।

सिनियर गल्र्स डबल्स तर्फको प्रतिस्पर्धामा टप्सका प्रजिता गुरुङ र एलिशा बलाल थापाको जोडीले प्रगतिका शितल केसी र निरजरा खड्काको जोडीलाई २१—१६, २१—१६ को सेटले पराजित गर्दै स्वर्ण पदक जिते । त्यस्तै सिनियर ब्वाईज डबल्स तर्फको प्रतिस्पर्धामा भने प्रगतिका विधान अधिकारी र अनिष घर्तीको जोडीले आफनै विद्यालयका शीर्षक अधिकारी र साकार अधिकारीको जोडीलाई २१—११, १७—२१ र २१—१६ को कठिन सेटमा जित निकाल्दै स्वर्ण पदकमा नाम लेखाए ।

प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला व्याडमिन्टन संघका सल्लाहकार निरबहादुर थापाका अनुसार प्रतियोगितामा १९ विद्यालयका दुईसय ६० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जुनियर तथा सिनियर सिंगलका विजेता खेलाडीहरुलाई ट्रफी पदक तथा प्रमाणपत्रसहित साईकल पुरस्कार स्वरुप प्रदान गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिलकुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक पालिखे, टप्स उच्चमाविका प्राचार्य रत्नमान गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा अनुशासित विद्यालयको पुरस्कार एसओएस, उत्कृष्ठ पोशाक प्रगति बोर्डिङ स्कुल, उदीयमान खेलाडी छात्रा नमूना खड्का(पोखरा एकेडेमी), छात्र तर्फ शौरभ थापा(सैनिक आवासिय), बढी सहभागिता प्रगति बोर्डिङलाई समेत पुरस्कृति गरिएको थियो ।

प्रतियोगिताको लागि प्रगति बोर्डिङ स्कुल, गोर्खा बराह ज्वलर्स र पोखरा लेखनाथ महानगरपालिकाले मुख्य प्रायोजन गरेका छन् । त्यसैगरी टप्स उमावि, कुुमुदिनीहोम्स, सोल्टी वाटर, शिखर इन्सुरेन्स, पोखरा स्टिल फेब्रिकेशन एशोसियसन, हट एण्ड स्पाईस, ई. दिपक बरालले सहप्रायोजन गरेका छन् । त्यस्तैल अनिल मिश्र, शुशिल श्रेष्ठले आर्थिक सहयोाग दिएको संघले जनाएको छ । राष्ट्रिय खेलाडी भुगोल गुरुङ तथा विशाल खड्का, रविन गुरुङ र शुशिल पौडेलले साईकल पुरस्कार प्रायोजन गरेका छन् । विकास गुरुङले भिक्ट्री विनर स्ट्याण्ड, राजकुमार गुरुङले स्कोर बोर्ड, राजेश गुरुङले प्राथमिकता उपचार, राजकुमार घलेले खानेपानी, चित्रबहादुर गुरुङ(हाल हङकङ)ले नेट प्रायोजन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button