सक्रियता अझ बढ्दैछ पोखरा सफाई अभियानमा

पोखरा न्युज –

पोखरामा जारी बृहत सरसफाई अभियानमा सक्रियता बढ्ने क्रम रोकिएको छैन । एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ संचालित उक्त अभियान ६५औं श्रृंखला पुरा गरिसक्दा पनि सक्रियता बढ्ने क्रम घटेको छैन । करिब १५ महिना अगाडी नागरिक समाज पोखराको अगुवाईमा शुरु भएको अभियान हालसम्म आईपुग्दा घाम, पानी, हावाहुरी, बन्द, हड्ताल जस्ता कुरालाई वास्ता नगरि सफाई अभियानमा जनलहर सक्रियताका साथ लागिरहेको छ ।

जारी सफाई अभियान गर्मी मौसममा बिहान ७ देखि ८ बजेसम्म र जाडो मौसममा बिहान ८ देखि ९ बजेसम्म संचालन हुदै आएको छ । शुरु अवस्थामा फिर्के बुलौदी सरसफाई अभियानबाट थालिएको सफाई अभियान पोखरालेखनाथका सबै वडामा सरसफाईका लागि जनचेतना जगाउदै सफाई गरिने उद्देश्यले पछि बृहत पोखरा सफाई अभियान नामाकरण गरिएको थियो ।

यस बृहत पोखरा सरसफाई अभियानको ६४औं श्रृंखला पार गरिसक्दा पोखरा लेखनाथका ३३ वटै वडाका मुख्य ठाउँहरुमा सफाई अभियान संचालन भैसकेको छ भने ६५ श्रृंखलादेखि पोखरा लेखनाथका मुख्य धार्मिक, पर्यटकिय, तालतलैया, ऐतिहासिक स्थल जस्ता ठाउँहरुमा गरिने जानकारी मुख्य अभियन्ताहरुले जानकारी दिएका छन् ।

यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, टाफिक प्रहरी, महानगरपालिका, विभिन्न संघसंस्था, आमा समुह, युवा क्लव, लायन्स क्लव, स्थानिय टोल विकास, विद्यालय, स्काउट, जनप्रतिनिधिहरु, अभियन्ताहरु तथा स्थानिय वासीन्दाको उल्लेख्य सहभागिता रहदै आएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

सफाई कार्यक्रमका लागि पोखरा लेखनाथ महानगरपालिकाले आवश्यक प्राविधिक सहयोगको व्यवस्था गरिरहेको छ । ६५औं श्रृंखला धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा सम्पन्न भएको छ भने ६६औं हप्ताको सफाई अभियान भदौ १७ गते शनिबार ड्यामसाईडस्थित फेवाताल किनारमा हुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button