Pokhara News

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

प्रतिकात्मक तस्बिर

पोखरा न्युज –

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ ।

नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा भदौ दोस्रो साता आइपुग्दासमेत सर्पले डसेका बिरामीको चाप अझै उस्तै छ ।

यस उपचार केन्द्रमा यही असारदेखि भदौ १४ गतेसम्म ४०० जना सर्पले डसेका बिरामीको उपचार गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका ३०१, दाङका १५, रोल्पाका २०, अर्घाखाँचीका ३५, प्युठानका १५, र रुपन्देहीका १४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको सचिव भण्डारीले बताउनुभयो ।

अहिले पनि दैनिक १० भन्दा बढी बिरामी आउने गरेको यस उपचार केन्द्रमा असार महिनामा मात्र ११५ जना भन्दा बढी बिरामीको उपचार गरिएको थियो ।

समयमै उपचार नपाउँदा अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका बिरामीको संख्यामा भने कमी आएको बताइएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढी आउने गरेको भण्डारीले जानकारी दिनुभयो ।

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उहाँले आग्रह गर्नुभयो ।

दश वर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरिएको छ । रासस

अन्य खबर

रातो र पोलेको मासु नखान क्यान्सर विज्ञको सुझाव

रासस

नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

रासस

पर्वतका १६ वर्षीय युवक जन्मेदेखि नै ओछ्यानमा

खुल्दैछ.......