पोखरा–लेखनाथ महानगरपालिकाको सुन्दरबजारस्थित सवारी दुर्घटना हुँदा टिपर चालकको मृत्यु

पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिका–२६ सुन्दरबजारस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ मिनि टिपर र ट्रक एकआपसमा ठोक्किँदा टिपर चालकको मृत्यु भएको छ ।

पोखराबाट तालचोकततर्फ गइरहेको ग १ ख ३६०९ नम्बरको मिनि टिपर र विपरीत दिशाबाट पोखरातर्फ आइरहेको ना ६ ख २३८० नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा टिपर चालक ५० वर्षीय शेषकान्त अधिकारी सख्त घाइते भएका र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–६ गोथेडाँडा घर भई पोखरा लेखनाथ–७ जिरो किलोमिटरमा डेरा गरी बस्ने मृतक अधिकारीले सडकमा परेको खाल्टो छल्न खोज्दा टिपर ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button