कक्षा १२ को नतिजा सार्वजनिक

पोखरा न्युज –

बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।  परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै https://www.neb.gov.np/ वाhttps://www.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

स्रोत: उज्यालोअनलाइन  https://ujyaaloonline.com/news/82928/national-exam-bord/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button