कसले जित्ला ‘आई लभ यु – २’ को १ लाख ? (हेर्नुहोस् भिडियो)

[mom_video type=”youtube” id=”qI-Z6DiTPNI”]

पोखरा न्युज ।

शुभ मिडिया होमको प्रस्तुतीमा काुर्टन्ज क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ अहिले चर्चामा रहेको छ । बसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीत एक महिना अघि सार्वजनिक भएको थियो । गीतलाई आजसम्म ३४ लाखपटक हेरिसकिएको छ ।

चर्चामा रहेको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपलोड गर्नुपर्ने हुन्छ भने त्यसको लिंक शुभ मिडिया होममा पठाउनुपर्ने हुन्छ ।

गीतको कभर डान्समा सहभागी हुनेहरुको संख्या बढ्दै गएको गीतको प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । गीतको कभर डान्स प्रतियोगिताको लागि अब २६ दिन मात्र बाँकी रहेकोले जतिसक्दो छिटो आफ्नो डान्सहरु पठाउनको लागि पनि शुभ मिडिया होमले अपिल गरेको छ । प्रतियोगितामा आएका प्रतिस्पर्धीहरुबाट युट्युबमा धेरै भ्युअर्स र उत्कृष्ट डान्सको आधारमा बिजेता घोषणा गरिनेछ । पुरस्कारको राशि १ लाख रुपैँया रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button