परिवर्तनमा ऋषि, सम्राज्ञी, नाजिर, सन्दिप, दिपक, दिपा देखि महाबिर पुन सम्म (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”-3rE_xT2j1E”]

पोखरा न्युज ।

रियल र रिल लाइफका हिरो-हिरोइन मिलाएर बनाइएको नयाँ म्युजिक भिडियो परिवर्तनले अहिले निकै नै तहल्का मच्चाइ रहेको छ ।

अहिलेकी चर्चित र महंगी नायिका सम्राज्ञी देखि CNN Hero बन्न सफल अनुराधा कोइरालासम्म यसमा अटाउन सक्नु नै रोचक विषय बनेको छ । अहिलेको सबै युवाहरुको ऋचगकज भनी चिनिने साम्राग्यिको लोभलाग्दो मुस्कान र मनै लोभ्याउने अभिनय होस् वा रामेश्वर यादव भनी चिनिने चर्चित नायक नाजिर हुसैनको पहिलो ब्यालेट डान्स सबै पृथक छ ।

नाजिर भन्छन् – मलाई मुस्लिम समुदायको भनेर आरोप लाग्ने गरेको छ, त्यसैले मैले मन्दिरमा रङ्सँग खेल्ने हिम्मत गरेको छु । अहिलेको सबै केटिहरुको अचगकज भनी चिनिने अमृत ढुंगाना पनि Chocolatey पारामा देखिएका छन् । दिपाश्री निरौलाको हातमा रातो गुलाफ अनि उनी लजाउनु र छेवैमा दिपक हुनुले दिपा(दिपकको अन स्क्रिन रोमान्स र प्रेम अझै नै छ है भन्ने आभास राम्रैसँग दर्शकले पाउँछन् । ऋषि धमला भनेर नचिन्ने कोइ छैनन् होला । नेपाली पत्रकारिता जगतमा क्रन्ति ल्याउने पत्रकार होस् या धेरै विषयलाइ लिएर निकै चर्चामा आउने ऋषि धमलाको पनि अभिनय देख्न सकिन्छ यस भिडियोमा ।

निर्देशक आशिष पौडेलको निर्देशन शैली र कथा वस्तु र पस्कने शैलिले मन छुन सफल भएको छ । निर्देशकले कलाकारको रुपमा पनि डेब्यु गरेका छन् र उनको लुक्सको पनि बजारमा तारिफ हुन थालेको छ ।

What the Flop का सन्दिप क्षेत्रीको मुस्कान र नयाँ लुक्स पनि तारिफयोग्य छ । भलिबल खेलाडी सिपोरा गुरुङ, पवित्र समाजसेवा आश्रमकी दीक्षा चापागाईंको समाजसेवा , डा. भोला रिजालको comeback, अनिल केशरी शाहको जुँगा पनि यहाँ तारिफ योग्य रुपमा प्रस्तुत गरिएको छ । वैग्यानिक तथा म्यागासेसे पुरस्कार विजेता महाविर पुनको सादगी , साहित्यकार खगेन्द्र संग्रौलाको परिवर्तनप्रतिको अभिलाषा यहाँ पनि देख्न पाइन्छ । आशिष पौडेलको निर्देशनमा बनेको यो भिडियोमा स्वर(संगीत सेतो यति ब्यान्डको रहेको छ ।

परिवर्तनले मीठो शैलिमा आफुलाई परिवर्तन गर्न सिकाएको छ । धार्मिक सहिष्णुता , सहयोगको भावना अभिवृद्धि , अग्रजलाई सम्मान गर्न , हिम्मत कहिल्यै नहार्न , आफुलाई सम्हाल्न लगायत सफलता पाउनको लागि गर्नुपर्ने सम्पुर्ण काम यसले करिब ४।५ मिनेट मै सिकाएको छ ।

भिडियोको छायांकन संगम तामांग, सुबाश पौडेल र किरण श्रेष्ठले गरेका हुन् भने मोसन ग्राफिक्स सुबाश पौडेलको रहेको छ । भिडियोमा आसिश पौडेल, आसिश अधिकारी, प्रसंसा बस्नेत, आरजू बस्नेत, मनिष तामांग, बुनु ज्ञवाली, अदिति ज्ञवाली, साइ बस्नेत, निकिता तामांग, रमिषा बस्नेत,कभ्या भुसालको पनि रहेको छ । यस गीतमा आवाज सन्जिब गौतम र र्यामोंड ज्ञवालीले दिएका छन् । यस गीतमा सब्द आसिश र अयुस्मानको रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button