पोखरामा पनि पर्यटन दिवस मनाइयो, लेकसाईडमा मिनि स्ट्रिट फेस्टिबल

 

पोखरा न्युज ।

सेप्टेम्वर २७ तारिख (बुधबार) आज अर्थात विश्व पर्यटन दिवस । यस अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाईएको छ ।

पर्यटन सम्बन्धि विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान देखि बेलुकासम्म विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाईएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान पोखराले मिनि स्ट्रिट फेष्टिबल आयोजना गरेको छ । लेकसाईडको फिस्टेल गेट देखि बाराही चोक सम्म साँझ ५ बजेदेखि राति ११ बजेसम्म उक्त फेष्टिबल हुने भएको महोत्सव संयोजक भिमसेन भुजेलले बताए । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको फेष्टिबलमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको उपस्थिती हुने भएको भुजेलले जनाए । महोत्सवमा लाइभ ब्याण्ड, विभिन्न कलाकारहरुद्वारा लोकदोहोरी, साँस्कृतीक कार्यक्रम, सारङगी धुन समेत प्रस्तुतः भएको थियो । महोत्सवमा अन्तराष्ट्रिय खानाका परिकारहरु समेत उपलब्ध भएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए । महोत्सवमा झाँकी सहित बाजा गाँजा समेत प्रदर्शन गरिएको थियो ।

त्यसैगरि पर्यटन दिवसकै दिन बुधबार पोखरा पर्यटन परिषद्, नाट्टा क्षेत्रिय संघ लगायतका संस्थाहरुले पोखरा विमानस्थल र पोखरा पर्यटन बसपार्कमा आएका पर्यटकहरुको स्वागत गरेका छन् । पर्यटन दिवसको अवसरमा बाजा गाँजा सहित पर्यटकहरुलाई खादा लगायर स्वागत गरेसंगै र चिसो पिय पदार्थ (कोक, फेन्टा) समेत प्रदान गरेको नाट्टा क्षेत्रिय संघ पोखराका अध्यक्ष डिल्ली प्रसाद गौतमले बताए । होटल प्रतिनिधि समाजले विश्व पर्यटन दिवसको अवसरमा पोखराको पर्यटन बसपार्क वरिपरि सरफाई गरेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button