पोखरामा आजदेखि राम बजार महोत्सव सुरु

पोखरा न्युज ।

राम बजार युथ क्लबको आयोजनामा आजदेखि पोखरा लेखनाथ महानगरपालिकाको राम बजारमा पाँचौँ राम बजार महोत्सव शुरु भएको छ ।

कला र संस्कृतिको प्रवद्र्धन एवं जगेर्ना गरी आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लोकनृत्य, जातीय झाँकी र स्थानीय एवं राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चैबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम गरिनेछ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महोत्सवको उद्घाटनका क्रममा स्थानीय निकाय र युवाको पहलबाटै विकास निर्माणका काम अघि वढाउन सकिने बताउँदै पोखराको मध्य भागमा रहेको राम बजारको विकासमा महानगरपालिकाले विकास बजेट छुट्ट्याएको जानकारी दिनुभयो । महोत्सव यही असोज २८ गतेसम्म चल्नेछ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button