Pokhara News

मेहेनतले बनायो पर्फेक्ट

धन बस्नेत, पोखरा न्युज ।

तालबाराही माविमा पढ्दादेखि नै फुटबलमा रुचि थियो । तर, फुटबलको तलतल गोपी भट्टराईले गण्डकी बोर्डिङ स्कुलमा सरेपछि झनै मेट्न पाए । ‘सानैदेखि स्पोर्टस लभर थिए,’ उनले त्यतिबेलाको दिन सम्झे, ‘गण्डकीमा आएपछि फुटबल खेल्ने र सिक्ने मौका पाए ।’ खुट्टामा फुटबल उनी यसरी नचाऊथे कि प्रशिक्षक हेरेको हेरै हुन्थे । अति प्रभावित भएपछि प्रशिक्षकले बेलायत घुम्ने चाजो नै मिलाइदिए । एकातिर बेलायत घुम्ने मौका थियो अर्काेतिर एसएलसी । गोपी खेललाई मात्रै होइन पढाइलाई उत्तिकै महत्व दिन्थे । पढेपछि त्यस्तो बेलायत जाने मौका कति आउलाआउला भन्ने लाग्यो र अवसरलाई वास्ता गरेनन् ।

ऊ जमानामा संसारका विकसित देश जान जो कोहीले कहाँ पाउथ्यो ? बेलायतको अवसर जसै त्यागेका के थिए अर्काे मौका आयो मैत्रीपूर्ण फुटबल खेल जर्मन जाने । फुटबलमा नाच्ने गोपीका खुट्टाले दोस्रोपटकको अवसरमा पनि युरोप टेक्न पाएन । बेलायत र जर्मन नजाँदैमा फुटबल फिवर किन घट्थ्यो र ? एसएलसी पास गरेर क्याम्पस पढ्न थालेपछि पनि फुटबललाई साथसाथै अघि बढाए, आजका दिनसम्म पनि फुटबललाई उनले छाडेका छैनन् बरु झनै बलियो गरी समातेका छन् । पहिला फुटबल खेल्थे अहिले यसको समग्र विकासमै दिलज्यान दिएका छन् । मनभित्रको फुटबल खेल्ने रहर उनको कहिल्यै छुटेन । आफु कति राम्रो फुटबल खेल्छु भन्ने प्रमाण उनले यसरी खुलाए— ‘बसुन्धरा पार्कमा फुटबल खेल्दा एक अमेरिकन पर्यटकले मन पराएर उनको घरैमा विन्टर ज्याकेट उपहार ल्याईदिए ।’

एसएलसी पासपछि विज्ञान पढ्ने उनको ईच्छा मनभित्र जाग्यो । अन्नपुर्ण साईन्स क्याम्पसमा समेत भर्ना भए । क्याम्पसमा समेत फुटबल खेल्ने मौकालाई पूर्ण रुपमा सदुपयोग गरे । तर पढाईमा सोचें जस्तो अंक नआउदा खिन्नता बढ्यो । अनि विज्ञान पढ्ने लक्ष्यलाई चटक्कै छोडेर थप उच्च शिक्षाको लागि काठमाडौं हानिए । २०५१ मा शंकरदेव क्याम्पस भर्ना भए । काठमाडौंको बसाईले उनलाई नेपाली फुटबलका हस्ती मणि शाह,दिपक अमात्यको समीपमा पुगे । लिग खेल्ने अवसर पाए । काठमाडौंको बसाईले नेपालको चर्चित क्लब मनाङ मस्र्याङदीसंगको सम्पर्क पुरयायो । लिग खेल्ने सपनालाई मनाङ मस्र्याङदीले साकार बनाईदियो । तर त्यो केबल दुईमहिनाको मात्रै समय रह्यो ।

फुटबललाई चट्टक्कै छोडेर उच्च शिक्षाको लागि पाईला अष्ट्रेलिया लम्कियो । विदेश बसाईले उनको गराई भोगाई र सोचाईमा परिवर्तन ल्याईदियो । चार वर्ष उनी अष्ट्रेलिया बस्दा नेपालमै केही गर्नुपर्छ भन्ने भावना मन भित्र जाग्यो । पार्ट टाईम नोकरी गर्दा धेरै सिक्ने अवसर जुरेको थियो । नेपाल फर्किएपछि पर्यटकीय पोखरामा उनले प्याराडिसो क्लब खोले । विदेश बस्दा नै उनले बुझे कामको सम्मान गर्नुपर्छ ।
त्यतिबेला सरकार-माओवादी बीच द्वन्द्व चर्चिएको थियो । बुढानिलकण्ठमा जादा नेपाली सेनाले सडकमा गन देखाएर स्कर्टिङ गर्दै हिडेपछि मनमा एकखालको त्रास पैदा भएको थियो । समयको परिवर्तनसंगै द्वन्द्व अन्त्य हुन्छ भन्ने दृढ विश्वास लिए । अनि व्यवसायलाई अगाडि बढाए । तर लामो समय उनले क्लबलाई निरन्तरता दिएनन ।

उमेरले लक्का जवानको संकेत गरिसकेको थियो । घरपरिवारबाट विवाहको लागि करकर गरे । परिवारको करकरले उनले पनि स्वीकारे । नेतृत्व लिने र आफैले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित हुदा स्वदेश र विदेशको पढाई हुने समयसम्म उनले कुनै केटीलाई कर्के नजर लाउन भ्याएनन् । भ्याउन पनि कसरी । गण्डकीमा कक्षा नौमा पढ्दा तीनजना केटीहरु थिए । दशमा पुग्दा एकजना मात्रै थिए । त्यस कारण पनि लभ अफेयरको घनचक्करमा परिएन् । क्याम्पस पढ्दा पनि दाया-बाया लागिएन् । ‘केटीहरुको लभ अफरमा कहिल्यै पनि आएन, त्यतातिर खासै ध्यान पनि गएन् ’ उनले भने— ‘जसलाई हेरें उसैलाई २९ वर्षको उमेरमा विवाह गरे ।’ विवाहको लागि उनले म्याक्सअलि रेष्टुरेण्टमा कुराकानीको लागि भेटे । रानीपौवाकी सरिता कार्कीलाई पहिले भेटमै मन पराए । त्यसपछि दिन जुराएर विवाह भयो । दुई सन्तानका पिताले रेवान (रेष्टुरेण्ट एण्ड बार एशोसियसन) पोखरा  र कास्की जिल्ला फुटबल संघ कास्कीको नेतृत्व लिईसकेका  छन् ।

प्राक्टिस मेन मेक्स प्रफेक्ट । मानिस प्रफेक्ट बन्न नेतृत्व लिनुपर्छ भन्ने मनभित्र सानैदेखि उब्जिएको थियो । सायद त्यसैले होला उनले  दुई संस्थालाई एकैसाथ हाँक्न लागी परे  ।  रेबानको कार्यकालको अन्तिम वर्षमा चल्दै गर्दा उनि कास्की जिल्ला फुटबल संघको अध्यक्षमा निर्विरोध भए  । भर्खरै ४० को अवस्थामा पुगेका भट्टराई दुई कार्यकाल संघको कोषाध्यक्ष र उपाध्यक्षमा विताए ।  स्पोर्टस र टुरिज्म पोखराको लागि एकै पांग्राका दुई पाटा मान्ने  भट्टराई स्पोर्टसको गतिविधि बढे टुरिज्म त्यसै बढ्नेमा  विश्वास गर्दछन् ।

फुटबल र रेबानलाई साथसाथै अगाडी बढाउदा घरपरिवारलाई पनि उनले समय त्यत्तिनै दिए । स्पोर्टस लबरको सन्तान स्पोर्टसमा बढी रमाउछन् । छोरी र छोरालाई फुर्सदको समयमा स्वीमिङ गराउन लैजान्छन् ।

संघर्ष सधैं गरिरहनुपर्छ । धैर्यता भने गुमाउनु हुदैन् । जस्तो सुकै अवस्थामा पनि हडबडाएर प्रतिफल नआउने ठम्याईले सफलताको पाईला उनले चढेका छन् । फुटबल र रेबान केन्द्रीत हुँदा मनभित्रको चाहनालाई पनि बाहिर निकाल्न नसक्दा मन अमिलो बनेर कुडिएको छ ।

स्वीमिङ खेल्ने तिब्र ईच्छालाई उनले चटक्कै छाडे । ‘फेवातालमा पौडेर पारीसम्म पुग्थें ।’ आफनो पौडीप्रतिको तिब्र आकांक्षा सुनाए । त्यो रहर पुरा गर्न परिवारसगै जाने गर्छु । स्वीमिङ खेल्ने रहरलाई पुरा गर्न स्वीमिङ पुलसहितको हेल्थ क्लब खोल्ने सपना छ ।

 

 

 

 

 

Loading...

अन्य खबर

विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

पोखरा न्युज

समय तथा संस्कृति सापेक्ष शिक्षण : आवश्यकता र आयामहरू

पोखरा न्युज

नेपालमै छ रबर खेती र टायर उद्योगहरुको प्रबल संभावना

पोखरा न्युज
खुल्दैछ.......