रेखाको फिल्म “रुद्रप्रीया” हल रिलिजसंगै टिभिमा पनि हेर्न सकिने (भिडियो सहित)

पोखरा न्युज ।

नेपाली सिने नगरिमा पछिल्लो समय फिल्महरुले निकै राम्रो व्यापार गरेसंगै वाहवाही बटुली रहेको छ । यस बर्ष त झन सिक्येल अर्थात नामको पछाडी २ झुण्ड्याईएका फिल्महरुले राम्रो सफलता पाउन सफल भयो । यता प्रतिक्षित बनेको चलचित्र “रुद्रप्रीया” हल रिलिज संगै टिभिमा पनि हेर्न पाईने भएको छ । डिसहोम संगको सहकार्यमा रुद्रप्रीया कार्तिक २ लक्ष्मीपूजाको दिनदेखि डिशहोमको च्यानल नं १०८ मा हल रिलिज संगै हेर्न सकिनेछ ।

फिल्म विहान ८ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे प्रसारण गरिदैछ । यसरी फिल्म हेर्न भने निशुल्क पाईने छैन । कार्तिक २ गतेबाट देशभरका हलहरुमा एकसाथ रिलिज हुने तरखरमा रहेको फिल्ममा रेखा थापा र आर्यन सिग्देलले ८ बर्ष पछि एकै फिल्ममा रोमान्स गर्दैछन । मुख्य भुमिकामा अभिनय गरेका आर्यनलाई रेखाले नै फिल्मलाईनमा प्रबेश गराएकी हुन भने बिचमा दुबैको बोलचाल बन्द भएको थियो । रेखा फिल्म्सबाट फिल्मलाई सरस्वती थापा र रमेश एमके पोख्रेलले निर्माण गरेका हुन भने सुदिप बबि भुसालले निर्देशन गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button