प्रहरी दिवसको अवसरमा पोखरामा वृहत सरसफाई

पोखरा न्युज । 

६२ औं प्रहरी दिवसको अवसर पारी ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही असोज २५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको परिसरमा एक बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

क्षेत्रीय गण पोखराका प्रमुख प्रहरी उपरिक्षक नलप्रसाद उपाध्याय र नागरिक समाज पोखराका अभियान्ता राम बहादुर पौडेलले संयुक्त रुपमा कुचो लगाई सरसफाई कार्यक्रमको सरुवात गर्नुभएको थियो ।

पोखरा स्थित रहेका विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, नागरिक समाजका अभियान्ताहरु, सोही अस्पतालका चिकित्सकहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button