प्रहरी श्रीमती संघद्वारा पोखरामा बिरामीलाई खाद्यान्न सामाग्री वितरण

पोखरा न्युज ।

६२औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ ४ नं. प्रदेश परिवारले यही असोज २५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रसुति गृहमा रहेका बिरामिहरुलाई दैनिक उपभोगका खाद्यान्न सामाग्री वितरण गरेको छ।

संघकी अध्यक्ष महिमा बमको अध्यक्षतामा भएको उक्त खाद्यान्न वितरण कार्यक्रममा अस्पतालका ५० भन्दा बढी बिरामिहरुलाई उक्त सामाग्रिहरु वितरण गरिएको हो ।

कार्यक्रममा क्षेत्रीय प्रहरी गण पोखराका गणपति नलप्रसाद उपाध्याय,४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक कृष्ण बहादुर कार्की, पुर्व प्रहरी कर्मचारीहरु, सोही अस्पतालका चिकित्सकहरु, नेपाल प्रहरी श्रीमती संघ ४ नं। प्रदेशका पदाधिकारीहरु, प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button