यूएईमा अलपत्र परेका १३ जना नेपालीको उद्धार

पोखरा न्युज ।

दलालमार्फत भिजिट भिषामा युएई ल्याइएका २२ जना नेपालीमध्य १३ जनाको उद्धार गरिएको छ ।

युएईमा अलपत्र परेका २ जनाको असोज २० गते उद्धार गरिएको थियो भने १३ जनाको दुबई अन्तराष्ट्रिय विमानस्थल टर्मिनल टु मार्फत विहिबार १२ बजेको फ्लाइ दुबईबाटनेपाल फर्काईएको हो। नेपाली दुतावास युएईले अलपत्र परेका नेपालीलाई उद्धार गरि नेपाल फर्काएको हो।

नेपालबाट पान्डोरा इन्करपोरेशन प्रा.लि धुमबराहीका कार्यकारी निर्देशक केशव थापा, रमेश कुवँर र दिनेश लामा मोक्त्तानले युएइमा आर्कषण जागिर लगाई दिन्छौ भनि किर्ते कागज पत्र बनाई भिजिट भिषामा लैजाने नाममा २ लाख ५० हजार देखि ५ लाख सम्म लिइ दलाल फरार भएपछि २२ नेपाली कामदार दुई महिनादेखि अलपत्र परेका हुन ।

नेपालपत्रकार महासंघ युएईको समन्वयमा अलपत्र परेका नेपालीहरुको उद्धार गरि एन.आर.एनआर.एन. युएईले गत सोमबार उनीहरुलाई सहयोगको लागि नेपाली दुतावास युएईको सहरणमा पुराएको एन.आर.एन. युएईका युवाप्रतिनिधिनविनपौडेलले बताए ।

युएईमा अलपत्र परेका ४ जना अझै दलालसंगै रहेका छनभने अलपत्र परेका सुमन वामजनकोे भिषा हराएको कारण उनी हाल दुतावासमा रहेका छन । भिजिट भिषामा ल्याएका २२ जना नेपालीलाई रोजगार नदिई दलाल फरार भएपछि उनीहरु अजमानमाअलपत्र परेका थिए ।

केहिदनअघि नरेस तामाङ र फुन्जु तामाङको उद्धार भएको थियो। दलालसंग बिष्णुकुमार खवास,विपिन कुवंर, वालकृष्ण ओली र उत्तम तामाङ रहेकाछन। प्रकाश मुक्तान र उज्जल घले रोजगारमा लागेका छन्।

दुई महिनाभन्दा बढि अजमान स्थीत सानो कोठामा २२ जनालाई एकै कोठामा राखी दलाल फरार भएको हुदाँ पिडितहरुले ठगि दलाल उपर कारर्वाहीको माग राख्दै आफुहरुलाई घर फर्काउन केहि दिनअघि राजदुुताबासमा निवेदन दिएकाथिए ।

केशव थापा मार्फत आएका कामदारहरु सिन्धुपालचोकका फोन्जो तामाङ,काब्रेका नरेश तामाङ, बाग्लुङका ईन्द्र थापा, राजु थापा,गोर्खा चन्द्र बहादुर,उज्जवल घले,तनहुँका ज्ञान बहादुर तामाङबाट जनही २ लाख ७० हजार ठगेको फोन्जो तमाङ त्यसै गरि दलाल दिनेश लामाबाट मकवानपुरका भिम बहादुर बमज्न,सिमोन बमज्न,सुन्दर तमाङ, दिपन्द्र सम्देन,नबराज लो,सल्यानका कमल बढाथोकी,बाकेका तुलसी प्रसाद शर्मा , हेटौडाका प्रकाश मोक्त्तान, सुनिल रावत रनवल परासीका कृष्ण भुजेल ठगिएका हुन् । त्यस्तै दलाल रमेश कुमार बाटमोरङका विष्णु कुमार खवास , गोर्खाका विपिन कुवँर, रुकुमका बाल कृष्ण ओली, धादिङका उत्तम तामाङ,राजु तामाङ रहेका थिए ।

काठमाडौंको धुमबाराहीस्थित पानडोरा ईन कर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी युएई ल्याएको पीडितहरुको आरोप छ। युएईमा सेक्युरिटी गार्ड, फिस प्याकिंग, सेल्स म्यान, क्लिनर, लगाएत अन्य काम लगाइदिन्छु, न्युनतम २ देखि ३ हजार युएई दिराम हुन्छ भनेर विश्वास दिलाए पछि आफूहरु आएको उनीहरुको भनाइ छ।

यसै बिचअलपत्र परेका नेपालीलाइृ् टोली नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, सहसचिव निर्भीक नारायण भुर्तेल एन.आर.एन. युएईका युवा प्रतिनिधि नविन पौडेल लगायतले विदाई गरेका हुन।

विपिनको भिषा सकिएको ४० दिन भन्दा धेरै भैसकेको छ । युएईको कानुनमा भिजिटमा आएर ओभर स्टे बस्न पाईदैन । कानुनी प्रकृयामा नेपाल फर्कंदा उनले कि त त्यही अनुसार मोटो रकम फाईन तिर्नु पर्छ यदी फाईन तिर्न नसके लाईफ टाईम युएई आउन नपाउने गरी बेन्ड भएर नेपाल फर्कनु पर्छ।

भिजिट भिषामा जानेहरुले विमानस्थल अध्यामनगलाई १ हजार डलर अनिवार्य देखाउनु पर्छ। त्यो डलर सटहीको वैधानिक स्रोत समेत देखाउनुपर्छ। अलपत्र परेकाहरुले अध्यामगन कर्मचारी र प्रहरीसंग दलालले सेटिङ मिलाएकाले आफूहरु १ हजार डलर नबोकी आएको बताए । दुबईलाई ट्रान्जिटबनाएर दलालहरुले नेपाल सरकारले प्रतिबन्धलगाएकाअफगानिस्तान, इराक, सिरिया, लिबिया समेत पठाउने गरेका छन्। अवैध रुपमा युरोपका मुलुकहरुमा समेत पठाउने गरेका छन्।

नेपाली दुतावास युएईले अन्तर्राष्ट्रीय आप्रवासन संगठन नेपाल मार्फत १४ जनाको टिकट उपलब्ध गराएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button