पोखराका प्रति जग्गाका अस्थाई घर टहरा भत्काईयो

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ स्थित मजुवामा रहेका अस्थाई घर टहरा भत्काईएको छ। सरकारी प्रति जग्गामा अबैध रुपमा निमार्ण गरिएका अस्थाई घर तथा टहराहरु शुक्रबार भत्काइएको पोखरा लेखनाथ महानगरपालिका कार्यालयका महानगर प्रहरी प्रमुख बसन्त चालिसेले बताए ।

उनका अनुसार शुक्रबार दुईवटा डोजर लगायर मापदण्ड विपरित निमार्ण गरिएका ३४ वटा अस्थाई घर तथा टहरा भत्काईएको छ । फुलवारी रिसोर्टको दुई नम्बर गेटको तल्लो तटिय क्षेत्रमा पर्ने प्रति जग्गामा ब्लक प्रयोग गरी केहि बर्ष अघि देखि टिनका अधिकाशं घर टहरा निमार्ण भएका थिए ।

यसैबिच, स्थानियले दलालको ईसारामा पिडित बस्ती माथि अरबऔंको चलखेल हुने गरी निर्वाचनको मुखमा आफुहरुको घर टहरा भत्काएरकोमा गुनासो गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button