पोखरामा बग्गी व्यवसाय सुरु

पोखरा न्युज ।

पर्यटकीय नगरी पोखरामा बग्गी व्यवसाय सुरु भएको छ । बग्गी एण्ड हर्स राईडिङ प्रालिले पर्यटन प्रबर्द्धन गर्ने उधेश्यले  पोखरामा बग्गी व्यवसाय सुरु गरेको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाह्य  पर्यटक प्रबर्द्धन गर्ने उधेश्यले उक्त व्यवसाय संचालन गरेको प्रालिका संचालक, युवा उद्धमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकायर उनले यो व्यवसाय सुरु गरेका हुन। विगत एक बर्ष देखि काठमाण्डौंको बासबारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गर्दैछन ।

पहिलो चरणमा भारतबाटै ३ वटा घोडा सहित एक बग्गीबाट पोखरामा बग्गी व्यवसाय सुरु गरेसंगै पोखरेली र पर्यटकहरुको माग अनुसार थप बग्गीको सेवा दिन तयार रहेको उनले जनाए । हाल उनले भारतबाट घोडाको साथमा अनुभवी बग्गी एक जना चालक समेत ल्याएका छन । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले पोखरा न्युजलाइ बताए । पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा बिवाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

नेपाल विजनेश एण्ड ईमिग्रेसन फ्यासिलिटेड प्रा.लि.को नामबाट विगत १७ बर्ष देखि विदेशी लगानीको लागि परामर्श दिदै आएका शर्माले नेपालमा बग्गी व्वसायको राम्रो सम्भावना देखेर काठमाण्डौं, पोखरा हुदै बुटवलमा समेत यो सेवा विस्तार गर्ने लक्ष्य राखेका छन । पोखरा विमानस्थलबाट देखि पोखराका होटलहरुमा पर्यटकहरुलाई पुराउन पनि उक्त बग्गी सेवा संचालन गरिने भएको शर्माले जनाए । प्रालिले काठमाण्डौं र पोखरामा बग्गी व्यवसाय संचालन गर्न करिब ४० लाख लगानी गरेको छ । यसैबिच, उक्त बग्गी व्यवसायको औपचारिक उद्घाटन आइतबार पोखरा लेखनाथ महानगरपालीका कार्यालयका प्रमुख मान बहादुर जिसीबाट समुद्घाटन गर्ने भएको प्रालिले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button