कार्तिक तेस्रो साता पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा न्युज ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, नेपाल ह्याण्डवल संघको तत्वधानमा आगामी कार्तिक तेश्रो सातामा पोखरामा राष्ट्रिय स्तरको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलुकद परिषद कप २०७४ अन्र्तगत १८ औं संस्करणको पुरुष तथा नवौं संस्करणको महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता कार्तिक १६ देखि २० गतेसम्म पोखरामा हुने भएको संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा महिला-तथा पुरुष तर्फ पाँच विकास समितिका ५ टिम र विभागिय दुई नेपाली सेना र सशस्त्र प्रहरी बल एपिएफको गरी ७-७ टिमको सहभागिता हुने भएको छ । लिग कम नकाउटका आधारमा पोखरा रंगशालामा संचालन हुने प्रतियोगिताको मुख्य प्रायोजक क्लारा इन्टरनेश्नल व्यूटि कलेज एण्ड स्पाः तथा हङकङ व्यूटि ईन्ष्टिच्यूट रहेको छ भने रोटरी क्लव अफ पोखरा फिस्टेल सह–प्रायोजकको रुपमा रहेको छ । महिला शसक्तिकरणका लागि भन्ने नाराका साथ महिला ह्याण्डवल प्रतियोगिता हुने भएको हो ।

यसैबिच, उक्त प्रतियोगितालाई सफल पार्न पोखरामा विभिन्न उपसमिति गठन भएको छ । कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङको अध्यक्षतामा र नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङको बिषेश उपस्थितिमा शनिबार पोखरामा बसेको बैठकले ११ वटा विभिन्न उप–समिति गठन गरिएको संघ कास्कीका अध्यक्ष टेक बहादुर गुरुङले बताए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न आर्थिक उपसमिति संयोजकमा क्याप्टेन इन्द्र बहादुर गुरुङ, मञ्च व्याबस्थापन उपसमिति संयोजकमा ओम गुरुङ, मैदान व्याबस्थापन उपसमिति संयोजकमा पदम नेपाली, खाना, आवास, यातयात तथा टिम व्याबस्थापन उप–समिति संयोजकमा ध्वज कुमार गुरुङ, प्रचार प्रसार उपसमिति संयोजकमा दीननाथ बराल रहेकाछन । त्यसै गरी अतिथि सत्कार उपसमिति संयोजकमा श्रीकृष्ण अधिकारी, प्राथामिक उपचार उपसमिति संयोजकमा केशव पाठक, सुरक्षा तथा स्वयम सेवक परिचालन उपसििमत संयोजकमा भुमिराज अधिकारी, प्राविधिक उपसमिति संयोजकमा गोपाल थापा, अनुसासन तथा अनुगमन व्याबस्थापन उपसमितिमा भिम केसी र सचिवालय उपसमिति संयोजकमा टेक बहादुर गुरुङ रहेकाछन । बैठकमा बगर भाई खलकका अध्यक्ष दील बहादुर गुरुङ, पुर्व राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ, ईश्वर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button