लेकसाइड एफसीलाई सिम्पानी कपको उपाधि

पोखरा न्युज । 

लेकसाइड एफसीले सिम्पानी कपको उपाधि जितेको छ। पोखराको सिम्पानीस्थित त्रि–शक्ति समाज सेवा क्लबले आयोजना गरेको पाँचौ संस्करणको सेभेन ए साइड फुटबल प्रतियोगितामा हेमजाको बिष्णपादुकामाथि ४–० को फराकिलो गोल अन्तरले हराउँदै लेकसाइड एफसीले उपाधि जितेको हो।

लेकसाइडले उपाधिसंगै दुई लाख नगद र ट्रफी जितेको छ। उपबिजेता हेमजाको बिष्णु पादुकाले एक लाख नगदसहित ट्रफी हात पारयो। पोखरा लेखनाथ महानगरपालिका–१ की वडा अध्यक्ष शारदा पराजुलीले बिजेता एवम् उपबिजेता टिमलाई पुरस्कार प्रदान गरिन्।

सेमीफाइनलमा एलजी एशोसिएसनलाई ३–१ ले हराउँदै फाइनल पुगेको लेकसाइडको जितमा अबिनास तामाङको ह्याट्रिकसहित सुनिल बि.क.ले एक गोल गरेका थिए। प्रतियोगिता अबधिभर बढी गोल गर्न सफल लेकसाइडकै अबिनास  हाइस्कोरर बने। अबिनासले प्रतियोगिता अवधिभर सर्वाधिक ९ गोल गर्न सफल रहे। अबिनासले नगद १० हजार र हाइस्कोररको ट्रफी पाए।  बिष्णुपादुकाका प्रबिण थापा प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी बने। उनले नगद १० हजारसहित बेष्ट प्लेयरको ट्रफी पाए। चितवनको शरणपुर एफसीले फेयर प्लेको ट्रफी हात पारयो।

शनिबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा एलजी एशोसिएसनलाई गोलले हराउँदै फाइनलको स्थान पक्का गरेको लेकसाइड एफसीका अबिनासले दुई रकालु थापामगरले एक गोल गरे।  त्यस्तै, प्रतियोगिताको दोस्रो सेमीफाइनलमा हेमजाको बिष्णुपादुकाले संगम फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ को जित निकाल्दै लेकसाइडसंगको फाइनल पक्का गरेको थियो। निर्धारित समयमा दुबै टोलीको समान एक-एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो।

सेभेन ए साइड फुटबलमा हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको हिमा–अस एजुकेशन कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको थियो। प्रतियोगितामा २६ टिमको सहभागिता थियो।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button