नेपाल आईडलका विजेता तथा उपविजेताले पोखरा तताए

पोखरा न्युज ।

नेपाल आइडलका विजेता तथा उपविजता सहितका ४ जना कलाकारहरुको प्रस्तुतीले पोखरा तताएका छन । मुन्टेज इन्टरनेशनलको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार साँझ भएकमो उक्त कन्सर्टमा सहभागि दर्शकहरुलाई नेपाल आइडलका विजेता तथा उपविजता सहितका ४ जना कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत तताएका हुन।

नेपाल आइडल बुद्ध लामाले पोखरेलीहरु माझ म बिना मुस्किल छ पोखरामा… बोलको गित प्रस्तुतः गर्दै सहभागि दर्शकहरुलाई तताएका हुन । त्यसै गरी उनले विभिन्न गित प्रस्तुत गर्दा सहभागि पोखरेलीहरुले उनलाई साथ दिदै छम्छम्ती नाचेका थिए । नेपाल आइडल बुद्ध लामा सहित फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, उत्कृष्ट १० प्रतिस्पर्धीमध्येका सन्ध्या जोशीको समेत प्रस्तुती रहेको थियो ।

नेपाल आईडलका कलाकारको पोखरामा पहिलो पटक कन्सर्ट सम्पन्न भएको मुन्टेज इन्टरनेशनलका निर्देशक रोसन पराजुलीले बताए । उक्त कार्यक्रममा प्रबेस गर्न दर्शकले ३ सय, ५ सय र एक हजारको प्रबेश शुल्कः तिरेका हुन । कार्यक्रममा करिब १० हजार दर्शक भित्रिने आयोजकले अपेक्षा गरे पनि अपेक्षाकृत दर्शक सहभागि नभएको बताईन्छ ।

यही असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुनेछ भने नेपाल आइडल, वल्र्ड टुर’को क्रममा नोभेम्बर ३, ४, ५ र १२ तारिखमा बेलायतका विभिन्न शहरहरुमा पनि यहि कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button