बागलुङ महोत्सव पुसमा हुने

पोखरा न्युज ।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ ।

व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताउनुभयो ।

महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।

मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ ।

बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने मूल संयोजक भारीले जानकारी दिनुभयो ।
यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो ।

महोत्सव गर्नका लागि स्थान अभाव भएपछि संघले बिदाको समय पारेर धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव गर्न लागेको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button