पोखरामा पर्यटनको नयाँ प्रोडक्ट बग्गी व्यवसाय

पोखरा न्युज । 

पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय सुरु भएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय आईतबार देखि सुरु भएको हो ।

बग्गी एण्ड हर्स राईडिङ प्रालिले संचालन गरेको उक्त व्यवसायको आईतबार राष्ट्रिय समाचार समितिका उपसचिव गोविन्दसिंह भण्डारीले उद्घाटन गर्दै बग्गी सयर गरेका हुन। कार्यक्रममा बोल्दै उनले पोखराको पर्यटनमा थप आकषर्णको रुपमा बग्गी व्यवसाय रहेको बताउदै पशु अधिकारलाई ख्याल गर्दै राम्रोसंग पालन पोषणमा ध्यान दिन आग्रह गरे ।

पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै पोखरामा यस्तो व्यवसाय अझ बढी सम्भावना भएको उनले बताए । पोखराका पर्यटन व्यवसायि वासु त्रिपाठीले हरेक काममा चुनौती हुने हुदा नयाँ प्रोडक्ट भित्रिदा केहि समय स्थापित हुन कठिन हुने जनाए । संचालक मध्यका एक ईन्जिनियर मन बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नेपालको मुख्य पर्यटकीय क्षेत्र पोखरामा आन्तरिक तथा बाहिरी पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले उक्त व्यवसाय संचालन गरेको प्रालिका संचालक, युवा उद्यमी शान्त शर्माले बताए । भारतबाट अनुभवी घोडाको साथमा बग्गी र चालक समेत झिकायर उनले यो व्यवसाय सुरु गरेका हुन। विगत एक बर्ष देखि काठमाण्डौंको वासवारीबाट बग्गीको व्यवसाय सुरु गरेका शर्माले पोखरामा पर्यटकहरुलाई लक्षित गरी उक्त व्यवसाय आईतबारबाट सुरु गरेका छन ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा बग्गीमा बसेर यात्रा गराउने गरी पहिलो चरणमा सेवा सुरु गर्ने उनले बताए । पर्यटकसंगै कुनै बिबाह वा व्रतवन्ध एवं शुभकार्यको लागि आवश्यक परेको खण्डमा पनि बग्गी प्रयोग गर्न सकिने बताएका संचालक शर्माले पोखरामा सोमबार नै एउटा बिबाहको लागि अग्रिम बुकिङ भएको बताए । एक दिनको बुग्गी रिजर्वको लागि चालक सहित करिब ८० हजार शुल्क लाग्ने प्रालिले जनाएको छ । छोटो समय बग्गी सवार गर्नेलाई न्युनतम एक हजार शुल्क लिने गरी बग्गी सवारका विभिन्न प्याकेज ल्याउने शर्माले जनाए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button