तिहारको अवसरमा पोखरामा एक करोडको फुलको कारोबार हुँदै

पोखरा न्युज ।

८० प्रतिशत स्थानीय उत्पादन

पोखरा क्षेत्रमा यस बर्षको तिहार पर्वको अवसरमा स्थानिय स्तरमा उत्पादन भएको धेरै फुलले बजार पाउने भएको छ । पछिल्लो समयमा विभिन्न नर्सरी व्यवसायि तथा केहि कृषकहरुले समेत व्यवसायिक रुपमा फुलको खेति गर्न लागेकोले स्थानिय स्तरमा करिब पोखराको माग अनुसार ८० प्रतिशत जसो यही उत्पादन हुने गरेको छ ।

फुलै फुलको पर्वको रुपमा रहेको तिहार पर्वमा पोखरामा करिब एक करोड भन्दा बढीको फुलको कारोवार हुने गरे पनि पोखरामा यस बर्ष करिब भारतबाट करीब २० प्रतिशत मात्र सयपत्री फुल भित्रिने भएको फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका अध्यक्ष दयाकुमार द्वाले बताए । तिहार पर्वमा पछिल्लो क्रममा उपभोक्ताहरुको पनि फुल प्रति आकर्षण बढ्दै गएको हुनाले यस बर्ष पोखरा सहित स्याङजा, तनहूँ, गोर्खा, लमजुङ लगायतको क्षेत्रमा उत्पादन भएको फुलले ८० प्रतिशत पोखरालाई नै धान्न सक्ने भएको अध्यक्ष द्धवाले दाबी गरे ।

उनका अनुसार पोखरा क्षेत्रमा यस बर्ष करीब २ लाख ५० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोपिएको छ । प्रति वोटले सामान्यतया २० देखि ३० वटा थुंगा फुल उत्पादन हुने गरेको उनले जनाए । गोल्डेन नर्सरीका संचालक समेत रहेका द्धाले यस बर्ष २५ हजार जसो सयपत्री फुलका विरुवा विक्री गरेका छन भने उनले करिब ७ रोपनी क्षेत्रफलमा सयपत्री फुल खेति समेत गरेका छन । यस बर्ष तिहार पर्व अघिल्ला बर्षको तुलनामा केहि छिटो परेको, सयपत्री फुल फुल्ने समयमा लगातार पानी परेको कारणले गर्दा पनि अघिल्लो बर्षको तुलनामा यस बर्ष फुल राम्रोसंग ढकमक्क फुल्न नपाएको अध्यक्ष द्धाले बताए । अन्य फुल तिहार पर्वमा खासै नफुल्ने भएकोले सयपत्री फुललाई तिहारे फुलले पनि चिनिने गरेको उनले जनाए ।

यस वर्ष नेपाली फुलको मालाको मूल्य एक सय देखि एक सय पचास रुपैयाँ पर्ने भएको व्यवसायीहरु बताउछन । फुलको एउटा थुंङ्गाको खुद्रा मूल्य ५ रुपैयाँ पर्ने भएको छ। भारतीय फुलको माला भने करीब ४० देखी ६० रुपैयाँ पर्ने द्वाले बताए ।

पोखरा ड्यामसाईडका सिजनल मनकामना नर्सरीका संचालक डिल बहादुर गुरुङले यस बर्ष पनि तिहार पर्वलाई लक्षित गरी ५० हजार वटा सयपत्री फुलका वेर्ना विक्रि गरेका छन। तिहारलाई लक्षित गरी उनले गमला सहितका फुलका बिरुवाहरु समेत बारीबाट बिक्रि गर्दै आएका छन। । गत बर्ष फुलबाट मात्र १६ लाखको कारोबार गरेका उनले यस बर्ष पनि उतिकै कारोबार गर्ने लक्ष्य राखेका छन । त्यसै गरी उनले सयपत्रीका बिरुवा बिक्रिसंगै फुल खेति समेत गरेका छन । तीन महिनाको मेहनत पछि मात्र फुल टिप्न योग्ने हुने गरी आफुहरुले फुल खेति गरेको बताएका गुरुङले फुल खेति गर्दा अन्य कृषिवाली भन्दा बढी आनन्द आउने गरेको बताए ।

उनले भने “ बारीमा हामीले धेरै काम गर्दा कठिन भए पनि घरयासि तनाव भए पनि बारी भरी ढकमक्क फुल फुलेको छ भने एक छिन बारीमा पसे पछि आनन्द हुन्छ । ” स्वदेशमै यस फुलको बिउ विजन उत्पादन नहुने हुदा यसमा सरकारले बिउ उत्पादनमा जोड दिनु पर्ने उनको जोड छ । पोखरा लेखनाथ महानगरपालिका २२ स्थित पुम्दी भुम्दीबाट डिल बहादुर गुरुङको नर्सरीमा सयपत्री फुलका गमला लिन आएकी द्रउपति आचार्यले आफ्नो बारीमा यस बर्ष सयपत्री फुल नफुलेका कारण फुल लिन नर्सरीमा पुगेको बताईन । उनले भनिन“ तिहारमा सयपत्री फुलमा लक्ष्मीको बास हुन्छ भन्ने हाम्रो धार्मिक विश्वास छ त्यही भयर सयपत्री फुल लिन नर्सरीमा आएकी हुँ । ” आचार्य जस्ता धेरै महिलाहरु आफ्नो घर सजिसजावट तथा तिहार पर्वको लागि फुल लिन नर्सरी तथा फुल खेति स्थल एवं बजारमा धाउने गरेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button