पोखरामा सांसद अधिकारीद्धारा बजेट तथा कार्य्रक्रम सार्वजनिक

पोखरा न्युज  ।

कास्की क्षेत्र नम्वर ३ का पूर्व सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पुर्वाधार विकास बिशेष कार्यक्रमको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सांसद अधिकारीले निर्वाचन क्षेत्र पुर्वाधार विकास बिशेष कार्यक्रमको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

कार्यक्रममा बोल्दै पुर्व सांसद अधिकारीले ३ करोड रुपैयाको बजेट तथा कार्यक्रम २५ वटा विभिन्न योजनामा छुट्टाएको जनाए । पोखरा लेखनाथ महानगरपालिका १७ मा गाई गौडा पुल मोटरबाटो निमार्णमा ४० लाख, बुढानिलकण्ठ मन्दिर संरक्षणमा पो.ले. महानगरपालिका ४ मा १० लाख, पो.ले. महानगरपालिका ५ मा पर्ने मनकामना मन्दिर बाटो निमार्णमा २० लाख, पो.ले. महानगरपालिका ६ को बाराहीचोकमा सार्वजनीक शौचालय निमार्णमा १० लाख, पो.ले. महानगरपालिका ७ मा खानेपानी ट्याङकी निमार्णमा १० लाख, पो.ले. महानगरपालिका ८ मा उर्जामार्ग सडक तथा नाली निमार्णमा १५ लाख, पो.ले. महानगरपालिका ९ मा शान्तिदर्शन मार्ग स्ल्याप कलभट निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १७ मा शिव बुद्ध मार्ग निमार्णमा १० लाख खर्च विनियोजन भएको पुर्व सांसद अधिकारीले बताए ।

त्यस्तै पो.ले. महानगरपालिका ४ मा पोखरा थियटर हल निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा बाँझी पोखरी निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १८ मा जिब्रेढुंगा आम समुह भवन (होमस्टे) निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा शिवालय थाप्ले तिलाहार ग्रामिण सडकमा १० लाख, पो.ले. महानगरपालिका १७ मा फेवा पावर हाउस नहरमाथि जाली राख्न १५ लाख, पो.ले. महानगरपालिका २४ मा कान्छेखोला खानेपानीमा १० लाख, पो.ले. महानगरपालिका १७ मा भयरथान मार्ग निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २४ मा प्रगती मोटरमार्ग निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १७ मा हुहिने यज्ञशाला निमार्णमा १० लाख र पो.ले. महानगरपालिका १७ मा तल्लो खैरेनी, भंयरखुफा मोटरबाटो निमार्णमा १० लाख खर्च विनियोजन गरेको सांसद अधिकारीले बताए । त्यसै गरी पो.ले. महानगरपालिका १७ सिमलटुंडा बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मा लेवाड कात्तिके पानी बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २३ मै झ्याउरीखेती चापको रुख मोटरबाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका २४ मा लिकुरे सल्लेरी एकहाते मोटर बाटोमा १० लाख, पो.ले. महानगरपालिका १६ मा ठुलो पाखो बाटो निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १८ मा वरपौवा सामुदायिक भवन निमार्णको लागि १० लाख, पो.ले. महानगरपालिका १७ मा शिशुकल्याण मावि कम्पाउण्ड निमार्णमा १० लाख, पो.ले. महानगरपालिका १७ मा १० लाख बजेट विनियोजन भएको छ । त्यस्तै सांसद अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगतको ५० लाख रुपैयाको पनि बजेट तथा कार्यक्रम सार्वजनिक गरेकाछन ।

संसद विकास समितिका पुर्व सभापति समेत रहेका अधिकारीले विकास समितिमा रहेर आफ्नो समयमा उत्कृष्ट काम गरेको दाबी गरे । उनले भने “ हाम्रो समयमा धेरै राष्ट्रिय गौरवका योजनाहरु चलायमान बनाईएको छ, हाम्रो बजेट तथा कार्यक्रम बार्षिक रुपमा सार्वजनीक भएको छ, हाम्रो कार्यक्रम पारदर्शी भएको छ ।” संविधान सभा र व्यबस्थापिक संसदमा १ सय ४० भन्दा बढी कानुन समेत पास गरेको बताएका अधिकारीले देशलाई आर्थिक विकास र समृद्धि गर्न विकासका योजनाहरु अघि बढाएको बताए । देशमा अस्थिर राजनीतिकका कारण धेरै योजनाहरु प्रभावित हुने गरेको तितो अनुभव बताउदै उनले आफ्नो कार्यकालमा खासै धेरै योजनाहरु प्रभावित नभएको करिब ६० प्रतिशत जसो योजनाहरु सफल भएको उनले दाबी गरे ।

लगातार दुई पटक सांसद भएर ८ बर्ष काम गरेको अनुभवले गर्दा पार्टीले यस पटक संघ र प्रदेशको लागि नाम सिफारिस गरेकोले पार्टीको निती र निर्देशन अनुसार आफ्नो उमेदवारी हुने उनले जनाए । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा होटल बाराहीमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्सालले स्वागत र सचिव अर्जुन गिरीले कार्यक्रम संचालन गरेका हुन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button