प्रम देउवाले गरे माओवादी केन्द्रका मन्त्रीलाई जिम्मेवारी मुक्त, हेर्नुहोस् अब कुन मन्त्रालयमा को ?

पोखरा न्युज ।

सरकारबाट बाहिरिन गरेको आग्रह माओवादीले अस्वीकार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई जिम्मेवारीवाट  मुक्त  गरेका  छन ।

प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट बनेका मन्त्रीलाई विना विभागीय बनाउदै  राप्रपाका तर्फबाट बनेका मन्त्रीलाई जिम्मेवारी दिएका हुन्  ।

यससंगै कमल थापा उपप्रधानमन्त्री तथा उर्जा  दिलनाथ गिरी शहरी विकास, विक्रमवहादुर थापा महिला बालबालिका तथा समाज कल्याण र जयन्त चन्दले  आपुर्ति मन्त्रीको जिम्मेवारी पाएका छन्  ।  यसअघि विज्ञान तथा प्रविधी मन्त्री रहेका दिपक बोहोराले  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गृह, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालय भने प्रधानमन्त्री देउवाले आफैले राखेका  छन । कुन्तिकुमारी शाही शहरी विकास राज्यमन्त्री, सुशिल श्रेष्ठ आपूर्ति, कान्ता भट्टराई महिला बालबालिका तथा समाजकल्याण र भाष्कर भद्रालाई उर्जा आपूर्ति राज्य मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । चेतावनी पश्चात केन्द्रका  मन्त्रीहरुले राजिनामा दिने  तयारी गरेको भएपनि सरकारले चुनाव सार्न खोजेको  आशंकापछी माओवादी मन्त्रीहरुले  राजीनामा रोकेका थिए

हेर्नुहोस् अब  कुन मन्त्रालयमा को ?

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button