नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन – बिजुक्छे

पोखरा न्युज  ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो– “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ ।”

बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गर्नुभयो ।

सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, केन्द्रीय सदस्यहरु डिल्लीप्रसाद काफ्ले र केस तथा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन, केन्द्रीय सदस्य अनुराधा थापामगर, भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजू, उपाध्यक्ष सुरेन्द्रराज गोसाई, नेक्रावि संघका अध्यक्ष नीरज लवजूलगायतले भारतको इशारामा बाम तथा लोकतान्त्रिक गठबन्धन भएको आरोप लगाउँदे सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग सरकारकै पक्षमा रहेको भन्दै आलोचना गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button