तोकिएकै समयमा निर्वाचन हुन्छ – मन्त्री विश्वकर्मा

पोखरा न्युज । 

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकारले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराइ छाड्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले मुलुक निर्वाचनतर्फ होम्मिएको चर्चा गर्दै तोकिएकै समयमा निर्वाचन हुनेमा जोड दिनुभएको हो ।

मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिएको (माओवादी केन्द्र)ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेर फाइदा लिन गाह्रो देखेर एमालेसँग गठबन्धन गर्न लागेको आरोप लगाउनुभयो ।

शहरी विकासमन्त्री दीलनाथ गिरीले निर्वाचनको सुनिश्चितताका लागि आफूहरु सरकारमा सहभागी भएको बताउनुभयो । उहाँले मंसिरमा निर्वाचन हुनसक्दैन भनेर विपक्षी दलहरूले जनतामाझ अतिरञ्जित कुरा गरेको आरोप लगाउनुभयो ।

बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनको सुनिश्चितता नभएका कारण आफूहरु अझैसम्म सरकारमा बसिरहेको बताउनुभयो । “निर्वाचनको लागि मनोनयन दर्ताको प्रक्रिया अगाडि बढ्ने वित्तिकै हामी सरकार छोड्छौँ,”– उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले तपाईँहरुले प्रतिपक्षी दलसँग सहकार्य गर्नुभयो मन्त्री पद छोड्नुहोस् भनेर आफूहरुलाई भने माओवादी केन्द्र सरकार छाड्न तयार रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टीका नेता जीतेन्द्र सोनलले आगामी निर्वाचनमा संविधान संशोधनको मुद्दा बोकेका लोकतान्त्रिक दलसँग सहकार्य हुने बताउनुभयो । “राजपा र संघीय समाजवादी फोरम नेपाल निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने कुरा भइरहेको छ, केही ठाँउमा काँग्रेस र अरु लोकतान्त्रिक दलसँग पनि सहकार्य गछौँ,”– उहाँले भन्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button