पोखरामा साग खेल अनिश्चित !

पोखरा न्युज, केशव पाठक । 

१३ औं सागको संघारमा आइपुग्दासम्म नेपाली खेलकुदको नेतृत्व सम्हालेको राष्ट्रिय खेलकुद परिषद भने यति बेला पूर्वाधार विकासको निरिक्षणमा समय बिताउँदै छ । परिषदले यति बेला पूर्वाधारका काम थालि सक्नु अब १३ औं साग  कार्य राजधानी बाहेका हुन सकेको छैन त्यही पनि कछुवाको चालमा ।

२३ खेल मध्ये पोखरामा तोकिएका ५ खेलको तयारी भइरहे पनि पूर्वाधार विकास गर्ने कार्यमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका बिच जुहारी चल्ने गरेको छ । खेलको विकास संगै पूर्वाधार विकासमा चलेको यो जुहारी कमिशनका लागि नै भएको पोखरेली खेलप्रेमीहरुको ठम्याँइ छ ।

परिषदले पोखरामा साना लगानीका १ करोड सम्मका पूर्वाधार निर्माण गरे हुने र विस्तारै वजेट बढाएर लैजाने स्वय सदस्य सचिव केशव कुमार विष्ट बताउँछन भने मन्त्रालयका सचिव महेश दाहाल भने तयारी डोम किनेर प्रतियोगिता संचालन गर्ने पक्षमा छन । सो हि कारणले पनि परिषदमा कार्यरत प्राविधिकहरु पनि अन्यौलमा रहेको बताइन्छ ।

पूर्वाधार वारे निरिक्षणका लागि आएका राखेप पूर्वाधार शाखाका प्रमुख अरुण उपाध्याय आफैमा विश्वस्त हुन सकेका छैनन । पोखरामा ४ वर्ष देखि निर्माणाधिन कभर्डहल पनि छाना टिनको कि पिभिसीको भन्ने विषयमा अड्किएको छ । मन्त्रालयका सचिव पिभिसीको छानो हाल्ने पक्षमा छन भने सदस्य सचिव जे जस्तो अवस्थामा टेन्डर भयो त्यही अनुसार जाने छन । पूर्वाधार विकासको एउटा सानो कुरा समेत छानोका कारण लथालिङ्ग हुने अवस्थामा छ । छानो हाल्ने फाइल कहिले मन्त्रालय त कहिले परिषदमा आएर थन्किने गरेको स्वय प्रमुख उपाध्याय बताउँछन । यता खेलकुदका संस्थाहरु भने कहिले काम सकिएला र प्रतियोगिता संचालन गर्न पाइएला भनेर कुरेर बसेका छन ।

उनले विहिवार पोखरामा विभिन्न खेलकुद संघका प्रतिनिधीको भेटमा परिषदका प्राविधिक टोली पनि कहिले काम सुरु हुने कुरामा ढुक्क हुन सकेको छैन । मागेको रकम पुरै निकासा हुन सकेको छैन तर पनि अब काम सुरु गर्नु पर्छ भन्ने पक्षमा आफुहरु लागि परेको प्रमुख उपाध्ययाले बताए । तर यस्तै प्रकारले फाइल यता र उता भइरह्यो भने १३ औ सागमा पोखरामा ५ खेल त एक खेल पनि नहुने संकेत देखा परेकोमा भने आम पोखरेलीहरु चिन्तित बन्न थालेका छन ।

पोखरामा ५ खेल हुने कुरामा आफु ढुक्क रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष बताउँछन । अब तिहार लगतै फुटबल स्टेडियमकमे विडिङ्ग हुने उनले बताइरहँदा १३ औ सागका अन्य पूर्वाधारहरु भने के हुने भन्ने कुरामा उनीमा समेत स्पष्टता छैन । राज्यले पटक पटक ढाँटिरहेको खेलकुदको प्रमुख रहेको मार्सल आर्टका ७ खेलहरु एउटै हलमा भइरहँदा पश्चिमाञ्चलका मार्सल आर्ट खेलको भविष्य समेत संकटमा परेको छ ।

तेक्वन्दो संघले रंगशाला परिशरमा आफ्नै खर्चले खेल संचालनका लागि हल निर्माण गर्न पाँउ भन्दा समेत परिषदले फाइल अडकाएको संघका सचिव राजन पौडेल बताउँछन । ‘५० लाख जम्मा भयो खातामा छ परिषदमा फाइल थन्किएको छ’ पौडेल दुखेसो पोख्छन । त्यस्तै हालत अन्य खेलको पूर्वाधार विकासको पनि छ ।

पोखरा आएको चार जनाका पूर्वाधार विकासको टोली कामका कै लागि आएको हो वा पोखरा घुम्न आएको हो उनीहरुमा समेत स्पष्ट खाका छैन । मन्त्रालय र परिषदको चेपुवमा काम गर्नु पर्ने दुखेसो उनीहरुले पोखिरहँदा पोखरामा साग खेलमा हुने पाँच खेलहरुको भविष्य संकटमा परेको निश्चित हुने स्वय खेलकुदका कर्मचारी र पदाधिकारीले सार्वजनिक रुपमै भन्न थालेका छन । पोखरालाई खेलकुदको राजधानी भनिरहँदा पूर्वाधार विकासको विलम्वले अझै यसलाई मुर्त रुप दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button