साउनमा आएको बाढी र डुबानको क्षति चार अर्ब ३४ करोड

पोखरा न्युज ।

यहाँ साउन अन्तिम साता आएको बाढी र डुबानले रु चार अर्ब ३४ करोड बढीको क्षति पुरयाएको तथ्यांक संकलन भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले १३ वटा विषयगत कार्यालयबाट मागेको विवरणअनुसार चार अर्ब ३४ करोड १२ लाख ८० हजार ८४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु चार करोड ७० लाख २६ हजार ९८२, जिल्ला वन कार्यालयले रु १८ लाख ५० हजार, जिल्ला भू–संरक्षण कार्यालयले रु ३१ करोड ३८ लाखको क्षति भएको विवरण समितिमा बुझाएको छ ।

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयले रु एक करोड ६५ लाख १६ हजार ६७६, प्रगन्न बड्कापथ सिँचाइ डिभिजनले रु ३२ करोड ५७ लाख ५० हजार, जिल्ला प्राविधिक कार्यालयले रु तीन करोड ७७ लाख र जिल्ला समन्वय समितिले रु दुई अर्ब १५ करोड ५५ लाखको भौतिक क्षति भएको उल्लेख गरेका छन् ।

यसैगरी, जनताको तटबन्धले रु २५ करोड ८० लाख, सिँचाइ डिभिजन कार्यालयले रु आठ करोड ७६ लाख, डिभिजन सडक कार्यालयले रु ४३ करोड ४० लाख, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले रु ४६ करोड १६ लाख ९९ हजार, कृषि विकास कार्यालयले रु नौ करोड ७७ लाख २१ हजार र जिल्ला पशुसेवा कार्यालयले रु ४१ लाख १६ हजार गरी कुल चार अर्ब ३४ करोड १२ लाख ८० हजार रुपैयाँको क्षति भएको छ ।

बाढी र डुबानका कारण सातजनाको मृत्यु, ३५९ घर पूर्णरुपमा क्षति र २८२ घर आंशिकरुपमा भत्किएको समितिले जानकारी दिएको छ । मृत्यु भएका, घर भत्किएका र प्रभावित प्रतिपरिवारलाई गरी रु ६५ लाख ६७ हजार ८०० राहत प्रदान गरिएको छ ।

बाढी प्रभावितका लागि व्यक्ति एवं संस्थागत गरी रु तीन लाख १३ हजार ३३२ नगद संकलन भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button