जनार्दन शर्माले सम्झीए १८ घण्टा लोडसेडिङ्ग हुने पुराना दिन

पोखरा न्युज ।

पूर्व उर्जामन्त्री जनार्दन शर्माले उर्जा मन्त्रालय सम्हालेको पुराना दिन सम्झीएका छन् । तिहारको झिलीमिली उज्यालोमा उनले लोडसेडिङ्ग१८ घण्टा  हुने पुराना दिनलाई सम्झीएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘म तिहारको केहि महिना अघि जलश्रोतको धनी देशमा १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री भएँ । मन्त्रालय सम्हालेकै दिनदेखि मलाई यो पिडाबोधले पोलेको थियो । त्यसैले एक हप्ता भित्रै लोडसेडिङ्ग अन्त्य गर्ने कुरा आफ्नो प्रतिबद्धतापत्रको पहिलो नम्बरमा नै समावेश गराएँ ।’ तिहार फूलको पर्व भाई बहिनीको मिलन अनि झिलीमिली बत्तीको उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाई बहिनीको मुहारको मुस्कान भन्दै उनले उज्यालो नेपाल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । साउन महिनामा समेत लोडसेडिङ्ग किन ? भन्ने प्रश्नको जवाफ खोज्दै जाँदा व्यवस्थापनमा देखिएको कुनियत सच्याउन सहि व्यक्ति पहिचान गर्न पाएकोमा उनले गर्व गरेका छन् । गएको वर्ष उज्यालो तिहार बनाउन दिएको निर्देशन कुलमानको नेतृत्वमा सफल भएकोमा खुशी व्यक्त गर्दै मन्त्री शर्माले यो वर्ष पनि त्यसले निरन्तरता पाएकोमा हर्षित रहेको बताएका छन् । यस्तो छ, उनको फेसबुक स्टाटस ।

झिलीमिली उज्यालो नेपाल र यो वर्षको तिहार ।
तिहार फूलको पर्व, भाई बहिनीको मिलन अनि झिलीमिली बत्तीको पर्व उज्यालो पर्व तर उज्यालो अभावमा न फूल देखिने न भाई बहिनीको मुहारको मुस्कान ।
संयोग भनौ जनताको चाहनाबस म गत तिहारको केहि महिना अगाडि नेपाली क्रान्तीका नायक क।प्रचण्डको नेतृत्वको सरकारमा उर्जा मन्त्री भएं । जलश्रोतको धनी देशको १८ घण्टा लोडसेडिङ्ग गर्ने मन्त्रालयको मन्त्री ?
मन्त्री भएकै दिन लोडसेडिङ्गको पिडा वोध गरीरहेका जनताको छटपटी महसुस गरें । दोश्रो हप्ता प्रतिवद्धता पत्रको १ नम्बर बुँदामा राखेँ म लोडसेडिङ्गको पिडा बोध गरी रहेका जनताको पिडा मुक्त गर्न यो अध्यारो पनलाई हटाई लोडसेडिङ्गबाट मुक्त गर्ने छु । यस्तो भनाई अपत्यारीलो रु कसैले भने सस्तो लोकप्रियता, केहिले लेखे सबैले भन्दै आएको कुरा, कसैले भने दुस्साहस त कसैलाई लाग्यो फेरी नेताले जनतालाई झुक्यायो वा ढाँट्यो । आदि आदि….
न जनता, न कर्मचारी न व्यापारी कसैलाई विश्वास थिएन । स्वयं खडा गरेको चुनौतीले झन गम्भीर बनायो , तर हर समस्याको समाधान हुन्छ भनेर सम्हालिएं । समस्या कहाँ छ खोज्न थालें । श्रावणमा पनि लोडसेडिङ्ग किन रु प्रश्न गर्न थाले र उत्तर खोज्दै गर्दा वितरणमा हुने अवैध व्यापारको हस्को आयो अनि व्यवस्थापनको कुनियत सच्याउन मेरो प्रतिवद्धता प्रति इमान्दार व्यत्तिको जरुरी देखें अनि अनुप उपाध्यायलाई मन्त्रालय सम्हाल्न अनुरोध गरे संगसंगै काम नै नपाएर पाखा लागेका कुलमान खोजें । उनिहरु सहित अन्य प्राविधीकलाई राखेर भनें मलाई उज्यालो चाहियो , अवैध व्यापार बन्द गर्ने र समान वितरण गर्ने सहि विधी तय गर्ने, थपीन सक्ने पावर थप्ने योजना चाहियो र सारमा जनतालाई उज्यालो चाहियो ।
कुलमानलाई भनें ‘उज्यालो तिहार हुनुपर्छ’ प्राविधिक कमिटी तयार भयो १५ दिनको मेहनत पछी तिहार उज्यालो पार्ने योजना बन्यो । लक्ष्मी पुजाको अवसरमा लोडसेडिङ्ग हटाउने कामको सुभारम्भ भयो, उज्यालो तिहार र छटसम्म लोड व्यवस्थापनको रुटिन वन्यो । १२ घण्टाको औद्योगिक लोडसेडिङ्ग ४ घण्टामा झर्न सक्यो घर घरमा चौबीसै घण्टा बत्ती बल्यो ।
विविध प्राविधिक चुनौतिका वावजुत प्राविधिक गडबडी हुदाको केहि समय बाहेक यो तिहार सम्म १ वर्ष पुग्यो
बत्ति चोर्ने, बत्ति बेच्ने र दुरुपयोग गर्ने हरुको मर्ममा प्रहार गरेर लोड व्यवस्थापनको कुशलता प्रयोग गरेर राजनैतिक र जनताप्रती उत्तरदायी प्रतिवद्धताको यो उपहार हो । आर्थिक वृद्धिमा तिव्रता, अँध्याराको त्रासबाट जनताको मुक्ती, युवाहरुमा नयाँ विश्वास र आशा । देश बनाउन इमान्दार प्रयत्न, कुशल व्यवस्थापन, चुनौती खडा गर्दै सामना गर्ने प्रतिवद्धता हाम्रो ‘उज्यालो नेपाल’को सफलता । धन्यवाद मेरो टोलीलाई जस्ले दुस्साहसी भनिएको, सस्तो लोकप्रीयता भनिएको, झुट्ठा आस्वासनमा गनिएको सोचलाई जवाफ दियो । धन्यवाद मलाई विश्वास गरेर जिम्मेवारी दीने मेरा आदरणीय नेता प्रचण्डलाई, धन्यवाद इमान्दार नेतृत्व गर्ने सचिव अनुपलाई, धन्यवाद कुलमानको नेतृत्वको प्राविधिक टिमलाई । धन्यवाद मलाई हौसला प्रदान गर्ने युवा साथिहरुलाई, सवै आदरणीय जनतालाई । उज्यालो नेपालको १ वर्षको सफलताको अनुभुती सगैं दिपावलीको उपलक्ष्यमा शुभ–कामना । अव समृद्धिका लागि नेपालको पानी जनताको लगानी । अव नयाँ अभियान ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button