पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो (सूचीसहित)

पोखरा न्युज ।

नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले  जानकारी दिए ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

स्रोत – अनलाइनखबर-  https://www.onlinekhabar.com/2017/10/633257

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button