नेपाल संवत् नेपालीको मौलिक पहिचान – अध्यक्ष ओली

पोखरा न्युज ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताउनुभएको छ ।

नयाँ वर्ष ११३८ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भन्नुभएको छ ।

यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उहाँले ‘नेपालीहरु संस्कृतिका धनी छौंँ । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो’ उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button