सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष पनि देउसी भैलो

पोखरा न्युज ।

हालसम्म २ लाख बढी संकलन

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ स्थित दोभिल्लामा रहेको सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष पनि पोखरामा तिहार पर्वको अवसररा देउसी भैलो कार्यक्रम जारी रहेको छ । पोखराको सहारा क्लवद्धारा संचालित उक्त एकेडेमीको सहयोगार्थ यस बर्ष पनि पाँच दिन देउसी भैलो कार्यक्रम हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

उनका अनुसार हाल देउसी भैलीको तेश्रो दिनसम्म आउदा २ लाख भन्दा बढी रकम संकलन भएको छ । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन। सहारा एकेडेमीका दुई जना बालकहरु देउसी भैलो कार्यक्रममा नृत्य प्रस्तुतः गर्दै सहभागी भएको क्लवका निवर्तमान अध्यक्ष विरभद्र आचार्यले बताए । एकेडेमीका युकेस गुरुङ र कमल सुवे मगर देउसी भैलो कार्यक्रममा सहभागि भएका हुन । त्यसै गरी सहारा एकेडेमीका फुटवल खेलाडी लक्ष्मण जिसी समेत देउसी भैलो कार्यक्रममा सहभागी हुदै नृत्य प्रस्तुत गरेका छन ।

विगत १६ बर्ष देखि निरन्तर रुपमा देउसी भैलो कार्यक्रममा सहभागि हुदै सांस्कृतिक कार्यक्रमलाई अझ स्तरिय पार्दै आएका विनु राना मगर र रोजिना गुरुङ उत्तिकै सक्रिय रुपमा लाग्दै आएको क्लवका निवर्तमान अध्यक्ष आचार्यले बताए । पहिला पहिला नेपाली टिपिकल तथा नेपाली परम्परागत रुपमा हुने नृत्य तथा गित भन्दा हाल सवै प्रकारको गित संगितको साथमा नृत्य हुने भएको यस बर्षको देउसी भैलो कार्यक्रम संयोजक विनु राना मगरले बताईन । २८ जना कलाकारको टोली बेलुका १० जबेसम्म विभिन्न आफन्त तथा शुभेच्छुकहरुमा देउसी भैलो कार्यक्रममा सहभागि हुदै गरेको क्लवले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button