बेलायतमा सम्पन्न विश्व पारामा रन्जनालाई कांस्य

पोखरा न्युज ।

बेलायतमा भएको सातौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी रन्जना धामीले कांस्य पदक जितेकी छिन् । शुक्रबार लन्डनस्थित कुपर बक्स एरिनामा भएको खेलको रन्जनाले के–४४ विधाको ४९ केजीतौलसमूह मुनि कांस्य पदक दिलाइन् । वेस्ट लन्डनको कुपर बक्स एरिनामा भएको खेलको सेमिफाइलामा रन्जना मंगोलियाकी खेलाडीसँग ३०–२५ ले स्तब्ध भएपछि कांस्य पदकमै सिमित भएको प्रशिक्षक कल्याण कुँवरले बताए ।

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले अहिले सम्म ठुलो पदक रजत जितेको थियो । नेपालका लागि यादव कुँवरले चौथो विश्व पारा तेक्वान्दोमा कांस्य र पाचौँमा रजत पदक जितेका थिए । शुक्रबार नै भएको क्वाटरफाइनलमा रन्जनाले पेरुकी खेलाडी इस्पिनोजा कारान्जालाई २०–२२ हराउँदै पदकका लागि स्थान पक्का गरेको प्रशिक्षक कल्याणले बताए । महिलाकै के–४४ को ५८ केजी तौलसमूमा पलेसा गोवर्धन क्वाटरफाइनलमा रसियाकी खेलाडीसँग १३–५ ले स्तब्ध हुँदै पदकविहिन भइन् ।

त्यसअघि पलेसाले प्री–क्वाटर फाइनलमा युक्रेनकी रहान्किना ओक्सानालाई १०–२ ले हराएकी थिइन् । पुरुषतर्फ के–४२ विधाको ७५ केजीमुनि रोहित हाङराई अमेरिकाका खेलाडीसँग १३–० र के–४२ विधाकै ६१ केजीमुनि राम अधिकारी युक्रेनका खेलाडीसँग १५–२ ले क्वाटरफाइनलमा स्तब्ध भएको पारा कमिटीका संयोजक र नेपाल तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका नेपाली टिमका हेड कासिम मिँया धोबीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button