नेपाली काँग्रेसको उपसभापति आफूले पाउने गच्छदारको जिकिर

पोखरा न्युज ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको र पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आपूmलाई उपसभापति पद दिने समझदारी भएको जिकिर गर्दै उहाँले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको बताउनुभयो ।

उहाँले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफु सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button