दमौलीबाट पोखरा आउदै गरेको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पोखरा न्युज ।

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सडकको घुम्तीमा शनिबार जिप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दमौलीबाट पोखरा आउदै गरेको ग १२ प २०२३ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २ च १५३९ नं को जिप ठोक्किँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका नाम, थर, वतन नखुलेका ती मोटरसाइकल चालकको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button