भाई टीकामा पनि रोकिएन पोखरा सफाई अभियान

पोखरा न्युज ।

पोखरामा जारी बृहत पोखरा सफाई अभियान भाई टिकाको दिन पनि सम्पन्न भएको छ । १७ औं महिना पार गरेको अभियानलाई मुसलधारे वर्षा, बन्द, हड्ताल तथा चाडपर्वले समेत रोक्न सकेको छैन ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ संचालित ७३ औं हप्ताको सफाई अभियान वडा नं. ११ फुलबारीस्थित श्री रामेश्वर मनिदर परिसरमा सम्पन्न भएको छ ।

श्री सिद्धिबक्स गण, फुलबारी व्यारेकका सहायक सेनानी तीर्थ बस्नेतले राष्ट्रिय गान बजाएर शुभारम्भ भएको कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष मोहनप्रसाद बाँस्तोलाले उपस्थित सहभागीलाई सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यस पटकको सफाई अभियानमा नेपाली सेना, फुलबारी क्लब, मुक्तिनाथ बैंक, ओम डेभलपमेन्ट बैंक, जनप्रतिनिधिहरु, वडा बाल मञ्च, युवा ताईक्वान्डो समूह, स्थानिय सामाजिक अगुवा र विभिन्न क्षेत्रका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

यसैगरि सफाई अभियानकालागि वडा नं. ६ का जनप्रतिनिधि हरिकृष्ण पहारी र पोखरा ग्रीनमार्ट प्रालिका अध्यक्ष सुजन गुरुङले चार सय थान डिस्पोजल ग्लोब उपलब्ध गराएका थिए । कार्यक्रममा फुलबारी क्लबका अध्यक्ष हरिचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी हप्ताको सफाई अभियान नागढुङ्गादेखि मुस्ताङचोकसम्म हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button