कोलकातामा नेपाल भवन बनाइने

पोखरा न्युज ।

भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ ।

नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट आवश्यक सहयोग दिलाइने आश्वासन दिनुभयो ।

ट्रस्टका संयोजक खिमराज बरालले कोलकाता र कोलकाता वरिपरि रहने नेपाली मिलेर लिएको केही जमिनमा नेपाल भवन बनाइने बताउँदै रकमका लागि चन्दा तथा देउसीभैलो आदि कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

लक्ष्मीपूजाका दिन आयोजित देउसीभैलो कार्यक्रममा ट्रष्टका सहसंयोजक नारायणप्रसाद होमागाईँले नेपालीहरु विदेशमा रहेर पनि आफ्नो परम्परा र संस्कृतिको रक्षा गर्दै नेपाली समुदायबीच आफ्नो पहिचानको मूल्यबोध जगाउने र अन्य समुदायबीच पनि त्यसको प्रचारप्रसार गरिरहेको बताउनुभयो ।

सांस्कृतिक मञ्च कोलकाताका महासचिव राजु पाठकले कोलकातामा नेपाली समुदायको कुनै धर्मशाला या कुनै आपत्विपद् पर्दा राहत पाउने स्थान नहुँदा धेरै समस्या परेकाले नेपाल भवन बनाउन लागि बताउँदै भवन बनाउन नेपाल र भारत सरकारको सहयोग मागिने बताउँदै यसमा नेपाली महावाणिज्य दूतावास कोलकाताको सक्रिय पहलकदमीका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा नायब महावाणिज्यदूतद्वय नारायण शर्मा र रामेश्वर पोखरेल, वाणिज्यदूतद्वय सीता बस्नेत र मोहनप्रसाद निरौला, सांस्कृतिक मञ्चका उपसभापति बद्रीविक्रम थापा, संयुक्त नेपाली केन्द्रीय सेवा संघका उपसभापति रामप्रसाद बराल, नेपाल पारवहन गोदाम व्यवस्थापनका शाखा प्रबन्धक लक्ष्मण खड्का, सिर्जना जनसांस्कृतिक परिवार, नेपाली जनकल्याण सांस्कृतिक परिवार हावडाका कलाकारलगायतको सहभागिता थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button