पोखरामा निमार्ण हुन लागेको अन्तराष्ट्रिय स्तरको कराँते प्रशिक्षण हलको शिलन्यास

पोखरा न्युज । 

पोखरामा निमार्ण हुन लागेको अन्तराष्ट्रिय स्तरको प्रशिक्षण हलको शिलन्यास गरिएको छ ।

भाईटिका पर्वको भोलिपल्ट अर्थात आज (आईतबार) एक कार्यक्रमका बिच अमेरीकाको हिमालयन फाउण्डेसनका सचिव रामबाबु पाण्डेले उक्त प्रशिक्षण हलको शिलन्यास गरेका हुन। कार्यक्रममा बोल्दै उनले समाजमा स्वस्थ्य नागरिक उत्पादन गर्न पनि खेल मैदान तथा प्रशिक्षण केन्द्रहरु स्थापना हुनु पर्नेमा जोड दिए । उक्त योजनाको लागि आफ्नो संस्थाले २० लाख रुपैया दिने भएको सचिव पाण्डेले जनाए ।

नेपाल सितोरियो सेको काई कराँतेको आयोजनामा स्वदेशी तथा विदेशी विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्मर १४ स्थित चाउथे पार्दी चौतारा क्षेत्रमा उक्त हल निमार्ण गर्ने भएको नेपाल सितोरियो सेको काई कराँतेका संस्थापक फत्तबहादुर गुरुङले बताए । आगामी एक बर्ष भित्रमा उक्त प्रशिक्षण हल सहितको एकेडेमी संचालन हुने भएको उनले बताए । पोखरामा अन्तराष्ट्रिय स्तरको प्रशिक्षण हल सहितको एकेडेमी निमार्ण गर्ने लक्ष्य रहेको संसथापक गुरुङले जनाए ।

आगामी एक बर्ष भित्र करिब ५० लाखको लागतमा उक्त प्रोजेक्ट सम्पन्न गर्ने भएको संस्थाका अध्यक्ष शुस्मा गुरुङले बताईन । उनले भने “ हामी कामको शिलशिलामा प्रदेशमा भए पनि स्वदेमा विभिन्न क्षेत्रमा सामाजिक कार्यमा हाम्रो भुमिका रहदै आएको छ, हिमालयनको यो प्रोजेक्ट पाँचौ पटक गरिएको सहयोग हो ।” छात्रबृत्ति देखि भूकम्प लगायतका क्षेत्रमा सहयोग गर्दै आउने क्रममा यस बर्ष खेलको विकासको लागि कराँतेको प्रशिक्षण हल सहितको एकेडेमी निमार्णको लागि आफुहरुले प्रदेशमा व्यक्तिगत ढंगले संकलन गरेको उक्त रकम सहयोग गर्न लागेको सचिव पाण्डेले बताए ।

पोखरामा हालसम्म अन्तराष्ट्रिय स्तरको कराँतेको प्रशिक्षण हल नहुदा खेलाडीहरुले पानी पर्दा समस्या भोग्नु परेको संस्थापक अध्यक्ष गुरुङले बताए । पोखरा क्षेत्रमा हाल करिब ५० जना भन्दा बढी यस खेलमा आवद्ध खेलाडीहरु रहेको उनले जनाए । एसियन गेम, ओलम्पिकमा समेत सहभागि यस खेलमा नेपालको पदकको राम्रो सम्भावना देखेर आफुहरुले एकेडेमी संचालन गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष गुरुङले बताईन । एकेडेमी स्थापना भएसंगै स्थानिय खेलाडीहरुको लागि राम्रो अवसर हुने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button